• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राष्ट्रपति स्वदेश फिर्ताः जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिमा जोड

नीतिप्रेस by नीतिप्रेस
November 15, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

अजरबैजानको बाकुमा आयोजित कोप—२९ मा नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई जोड दिएको छ ।


राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्वमा कोप—२९ मा सहभागी भएको नेपाली प्रतिनिधि मण्डल आज स्वदेश फर्किएको हो । सो क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले नेपालले कोप—२९ मा राष्ट्रपति पौडेलले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई विशेष जोड दिनुभएको बताउनु भयो । उहाँकाअनुसा राष्ट्रपति पौडेलले जलवायुजन्य प्रकोपहरुले नेपालमा ठूलो जनधनको नोक्शानी भएको र विश्व तापक्रम वृद्धिले हिमाल खतरामा परेको बताउँदै हिमाल खतरामा पर्दा मानव समुदाय नै खतरामा पर्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको छ । जलवायु न्यायका लागि विकसित देशहरुले विकासशिल देशहरुलाई पर्याप्त आर्थिक श्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयलाई जोड दिनुभएको पनि राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सहसचिव राईले बताउनु भयो । अजरबैजानमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेट गर्नुभएको थियो । जसमा जलवायु परिवर्तनमा अल्पविकसित देशहरु कारक नभए पनि उनीहरुले यसको दण्ड भोग्नुपरेको विडम्बनापूर्ण अवस्था भोग्नुपरेकोमा विकसित राष्ट्रहरु अझ बढी जिम्मेवार हुनुपर्ने धारण महासचिवले राख्नुभएको बताउनु भयो । 
त्यस्तै अजरबैजानका राष्ट्रपति इलहाम अलियबको भेटमा अबको १ वर्षसम्म अजरबैजान कोप २९ को अध्यक्ष रहने र क्लाइमेट एक्शनका लागि सक्रिय रहने कुरा गर्नुभएको जानकारी गराउनु भयो । उहाँले नेपालले कृषि, पर्यटन क्षेत्रमा ठोस प्रश्तावहरु पेश गरेमा अजरबैजानका लगानीकर्ताहरु लगानीका लागि तयार रहेको कुरा पनि राष्ट्रपति अलियबले बताउनुभएको सहसचिव राईले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनमा अल्पविकसित देशहरु कारक नभए पनि उनीहरुले यसको दण्ड भोग्नुपरेको विडम्बनापूर्ण अवस्था भोग्नुपरेकोमा विकसित राष्ट्रहरु अझ बढी जिम्मेवार हुनुपर्ने विषय संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा महासचिवले बताउनुभएको छ । सो क्रममा अजरबैजानका राष्ट्रपति महामहिम इलहाम अलियबसँग भेटघाट गर्नुभयो । सफलतापूर्वक कोप २९ सम्मेलन आयोजना गरेकोमा अजरबैजानलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै दुई पक्षीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा पनि कुराकानीहरु भएका छन् । अबको १ वर्षसम्म अजरबैजान कोप २९ को अध्यक्ष रहने र क्लाइमेट एक्शनका लागि सक्रिय रहने कुरा अजरबैजानका राष्ट्रपतिले गर्नुभएको छ । नेपालले कृषि, पर्यटन क्षेत्रमा ठोस प्रश्तावहरु पेश गरेमा अजरबैजानका लगानीकर्ताहरु लगानीका लागि तयार रहेको कुरा पनि बताउनुभएको छ । यस सम्मेलनमा राष्ट्रपतिज्युले जलवायु न्याय, जलवायु वित्त र त्यसमा पनि क्षतिपूर्तिको विषयलाई जोड दिनुभएको छ । जलवायुजन्य प्रकोपहरुले नेपालमा ठूलो जनधनको नोक्शानी गरिरहेको र विश्व तापक्रम वृद्धिले हिमाल खतरामा परेको बताउँदै हिमाल खतरामा पर्दा मानव समुदाय नै खतरामा पर्ने विषय अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको छ । जलवायु न्यायका लागि विकसित देशहरुले विकासशिल देशहरुलाई पर्याप्त आर्थिक श्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयलाई जोड दिनुभएको छ । हिमालको सुरक्षा भनेको सारा पृथ्वीको सुरक्षा हो भन्नेकुरालाई हरेक मञ्चहरुमा उठाएको विषय निकै प्रभावकारी भएको महशुस गरिएको छ । हिमालदेखि समुन्द्रसम्मको सम्बन्धलाई एकीकृत रुपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको सन्देश दिनुभएको छ ।’


सहसचिव राईकाअनुसार राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेको सारा पृथ्वीको सुरक्षा हो भन्नेकुरालाई हरेक मञ्चहरुमा उठाएको विषय निकै प्रभावकारी भएको छ । हिमालदेखि समुन्द्रसम्मको सम्बन्धलाई एकीकृत रुपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको र सगरमाथा संवादमा उपस्थित हुन आह्वान गर्नुभएको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

Next Post

बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे

Next Post

बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन