[adrotate banner= “3”]
पोखरा, पोखराको प्रतिष्ठित सामुदायिक क्य्याम्पस ‘जनप्रिय बहुमुखी क्याम्पस’को प्रमुखमा सोहि क्याम्पसमा लामो समय अध्यापन गर्दै आएका कृष्णबाबु बराल नियुक्त भएर कार्यभार सम्हालेका छन। २०६५ सालबाट जनप्रिय बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आएका बराल यस अगाडी पनि ७ महिना निमित्त क्याम्पस प्रमुख भएर काम गरेका थिए। उनि चार बर्षे कार्यकालको लागि क्याम्पस प्रमुख नियुक्त भएका हुन।
क्याम्पस संचालक समितिको पछिल्लो बैठकले कृष्णबाबु बराललाई क्याम्पस प्रमुखको जिम्मेवारी सुम्पिएको हो । क्याम्पस सञ्चालक समितिको आइतबारको बैठकले व्यवस्थापन विषय प्राध्यापन गर्दै आएका बराललाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यस अगाडी सात महिनासम्म निमित्त क्याम्पस प्रमुख र दुई कार्यकाल सहायक क्याम्पस प्रमुख रहेर काम गरिसकेका बरालले दुई कार्यकाल बिबिए कार्यक्रमको संयोजक समेत रहेर काम गरिसकेका छन। प्रजातन्त्रबादी प्राध्यापक संघ जनप्रिय बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत रहेका बराल सोहि क्याम्पसको बिद्यार्थी कल्याणकारी क्लब र पूर्व बिद्यार्थी मंचको समेत पूर्व अध्यक्ष रहेको सोहि क्यम्पसमा प्राध्यापनरत प्रजातन्त्रबादी प्राध्यापक संघ जनप्रिय बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष बेदहरी तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए। नबनियुक्त क्याम्पस प्रमुख बराल सोहि क्याम्पसका पूर्व बिद्यार्थी समेत हुन ।
यसैबीच नवनियुक्त क्याम्पस प्रमुख बराललाई क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले आइतबार नै पद तथा गोपनियताको शपथ गराएका थिए। त्यसपछि बरालले क्याम्पस प्रमुखको कार्यभार सम्हालेका छन । क्याम्पस प्रमुख नियुक्त भएपछि बरालले स्वायत्त कार्यक्रम अन्तर्गत केहि विषय थप गर्ने र मानीत विश्वविद्यालय बनाउने लक्ष्य आफूले लिएको बताएका छन । प्रमुखको कार्यकाल ४ वर्षे हुन्छ।
करिब ४ हजार ५ सय विद्यार्थी अध्ययन गर्ने जनप्रिय बहुमुखी क्याम्पसमा १ सय ५० प्राध्यापक र ३८ जना कर्मचारी कार्यरत छन् । क्याम्पसले त्रिविको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ । स्वायत्त कार्यक्रम अन्तर्गत एमबिए इन हस्पिट्यालिटी म्यानेजमेन्ट र स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
[adrotate banner= “4”]
[adrotate banner= “5”]
[adrotate banner= “6”]






