• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चीन भ्रमणमा ऋणसम्बन्धि कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली

नीतिप्रेस by नीतिप्रेस
November 25, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भमणमा ऋणसम्बन्धि कुनैपनि सम्झौता नगर्ने बताउनुभएको छ ।


प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने चीनको औपचारिक भ्रमणबारे सोमबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको सामूहिक छलफलमा सो कुरा स्पष्ट पार्नुभएको हो ।
छलफलमा प्रधानमन्त्री ओलीले चीनसँग कुनैपनि खालको ऋण सम्झौता नगर्ने आशयको अभिव्यक्ति छलफलको क्रममा दिनुभएको काँग्रेस नेता समेत रहनुभएको पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा आफनो भ्रमण केन्द्रित हुने पनि उल्लेख गर्नुभएको जानकारी दिनुभयो ।
साउदले भन्नुभयो, ‘प्रधानमन्त्रीले आसन्न चीन भ्रमणमा केन्द्रीत रहेर सुझावहरु माग्नुभयो । जसमा दुई देशबीचको परम्परागत सम्बन्ध सुमधुर रहँदै आएको अगामि दिनमा त्यसलाई थप मजबुत बनाउने बारेमा छलफल गर्नुभयो । बिआरआई लगायत अन्य कुराहरु पनि छलफलका एजेण्डाहरु बने । ती विषयमा पनि छलफल भयो । उहाँले ऋणको बारेमा मौन रहेर अनुदानको रुपमा अगाडि बढाउने कुरा उहाँको अभिव्यक्तिबाट बुझेँ । चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता नगर्ने उहाँको आशय थियो । त्यस्तै, विभिन्न प्रोजेक्टहरुलाई अगाडि बढाउनेबारे छलफल हुने समेत उहाँले छलफलका क्रममा जानकारी दिनुभएको छ । ’
छलफलमा नेपाल र चीनबीच भएका पुराना सम्झौता तथा समझदारीहरुलाई कार्यन्वयन गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनु भयो । विशेष गरेर किमाथान्का प्रोजेक्ट र ट्रान्समिसन लाइन निर्माणको सम्भावनाको बारे प्रधानमन्त्रीले छलफलका क्रममा राख्नुभएको थियो ।
त्यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको उद्देश्यबारे प्रष्ट पार्दै घुम्नको लागि नभई काम गर्नको लागि चीन जान लागेको जानकारी गराउनुभएको पूर्वपरराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले बताउनु भयो । उहाँले छलफलको क्रममा विगतमा भएका सम्भौताहरुको कार्यान्वयनको स्थितिबारे छलफल भएको उल्लेख गर्नुभयो ।
पूर्वपरराष्ट्रमन्त्री पौड्यालले भन्नुभयो, ‘उहाँले आफूले चीन भ्रमण गर्नुको उद्देश्य भन्नुभयो । काम गर्न जाने घुम्नको लागि नजाने स्पष्ट पार्नुभयो । अहिले भइरहेका सम्झौताहरुलाई कार्यान्वयन गराउनेबारे कुरा राख्ने बताउनु भयो । हामीले पनि उहाँलाई विभिन्न सुझावहरु दिएका छौँ । बिआरआई परियोजनालाई ऋणको रुपमा दिने कि अनुदानको रुपमा लिने भन्नेबारे छलफल गरेर मुलुकको हित हुने हिसाबले अगाडि बढ्नेबारे छलफल भएको छ ।’
प्रधानमन्त्रीले भ्रमणको क्रममा चीनको विकासबाट नेपाल कसरि लाभान्वित हुन्छ भन्ने विषयमा समेत छलफल गर्ने जानकारी दिनुभएको उहाँले बताउनु भयो ।  एमाले नेता समेत रहनुभएका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विगतमा गरिएका सहमती कार्यान्वयनमा जोड दिने सबै नेताहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा केन्द्रित भएर आफनो चीन भ्रमण हुने धारणा राख्नु भएको पनि बताउनु भयो ।
पाण्डेले भन्नुभयो, ‘थुपै्र सहमतीहरु भएका चाईनासँग हाम्रो पटक पटक । अहिले ती सहमतीहरुलाई इम्पिलिमेन्ट फेजमा जानुपर्छ भन्ने नै सबैको धारणा हो । नेपालको हितमा, नेपाली जनताको हितमा राष्ट्र हितमा हुने कामहरु उहाँले आफूले गरेर आउँछु पनि भन्नुभएको छ । सबैको कन्सर्न पनि त्यही थियो । पूर्व सहमति कार्यान्वयन गरेर जानुपर्नेमा सबैको जोड थियो ।’
यता पूर्व परराष्ट्रमन्त्री एवं राप्रपा नेता डां प्रकाशचन्द्र लोहनीले पनि राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ प्रतिविम्वित हुने गरी चीन भ्रमणमा आफ्नो कुरा राख्न आफूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उहाँले आफ्नो चीन भ्रमण नेपाल–चीन सम्बन्धलाई अझ विकास गर्नका लागि हुने कुरा गर्नुभयो । हामीले उहाँलाई के भन्यौ भने तपाई त्यहाँ नेपालको प्रधानमन्त्रीको हैसियतले जाँदै हुनुहुन्छ । नेपालको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थका कुरालाई विश्वासका साथ राख्नुहोस । नेपाली जनताको समर्थन हुन्छ । यही कुरा नै हामीले भन्यो । मूलकुरा ठूला देशहरुसँग नेपालले जहिले पनि आफ्नो विश्वसनीयता कायम गर्नु पर्छ । बीआरआईमा लोन लिनुहुन्न भन्ने भन्ने होइन, हुनुहुँदैन ।’
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गते चीनको औपचारिक भमण गर्दै हुनुहुन्छ । सोही सन्दर्भमा उहाँले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा, पूर्व परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, नारायणप्रकाश साउद,  डा.विमला राई पौडेल, प्रकाशचन्द्र लोहनीलगायतको उपस्थिति रहेको थियो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने

Next Post

छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री

Next Post

छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन