• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सामाजिक सुरक्षा कोषका सञ्चयकर्ताको रकमलाई अर्थतन्त्रको उत्थानमा प्रयोग गर्न आवश्यकः निजी क्षेत्र

नीतिप्रेस by नीतिप्रेस
November 26, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सामाजिक सुरक्षा कोषका श्रमिकले जम्मा भएको रकम पूर्वाधार विकास र उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्छः निजी क्षेत्र
सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने निजी क्षेत्रले सुझाव दिएको छ ।


सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निजी क्षेत्रका प्रतिनिधिले यस्तो धारणा राखेका हुन् । सामाजिक सुरक्षा कोषमा श्रमिकले योगदान गरेको रकम बैंकमा राखेर ब्याज लिनेभन्दा पनि पूर्वाधार विकास र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको उनीहरुले बताएका छन् । उनीहरुले पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनको कारण उद्योग व्यवसायमा आएको सुस्तताले रोजगारीमा असर परेको भन्दै सामाजिक सुरक्षा कोषमा जम्मा हुने अर्बौं रकम सरकार र निजी क्षेत्रले सञ्चालन गर्ने पूर्वाधार क्षेत्रमा लगानी गर्ने मेकानिजम सरकारले बनाउन जरुरी रहेको उनीहरुको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा शुरु भएपछि सुविधा मात्रै दिने भन्दा पनि कुरा नभएर सामाजिक सुरक्षा कोषमा जम्मा भएको करिव एक खर्बको निक्षेप रकमलाई निष्क्रिय राख्ने भज्दा पनि उत्पादनशिल क्षेत्र र पूर्वाधारहरुमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कोषमा जम्मा भएको रकमलाई लगानी गर्ने प्रणाली सरकारले बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले उक्त लगानीले लाखौं वैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई कम गर्ने बताउनु भयो । उहाँले मन्त्रालयले पूर्वसचिवको संयोजकत्वमा कमिटी गठन भएको भन्दै उक्त कमिटिले सामाजिक सुरक्षाले दिने सुविधा मात्रै भन्दा पनि नेपालको पूर्वाधार विकासमा लगानी गर्ने सुझाव दिनुपर्ने बताउनु भयो । उहाँले उक्त लगानी सरकारी क्षेत्रमा मात्रै नभएर निजी क्षेत्रका आयोजनाहरुमा पनि गर्ने प्रणाली आवश्यक रहेको बताउनु भयो । उहाँले सरकार यस्तो रकम पुरानै रुपमा सरकारी क्षेत्रमा खर्च गर्दा भविष्यमा समस्या निम्त्याउन सक्ने खतरा रहेको बताउनु भयो । उहाँले समयमा गुणस्तरीय रुपमा सम्पन्न हुने र रोजगारी सिर्जना गरी राजश्व वृद्धि गर्ने आयोजनाहरुमा लगानी गर्ने प्रणाली बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सुरक्षा कोषको कार्यान्वयनको लागि सरकार,मजदुर संगठन र निजी क्षेत्र सहकार्य गरेर जान आवश्यक रहेको उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो,‘सामाजिक सुरक्षा शुरु भएपछि सुविधा मात्रै कुरा नभएर करिव एक खर्बको सामाजिक सुरक्षा कोषमा निक्षेप जम्मा भएको छ । तर त्यो पैसा निष्क्रिय हिसावमा छ । निष्क्रिय रहेको फण्ड छ । उक्त फण्डलाई उत्पादनशिल क्षेत्र र पूर्वाधारहरुमा लगानी गर्ने प्रणाली बनाउन जरुरी छ । जसले लाखौं वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ । त्यसलाई पनि कम गर्नेछ भन्ने कुरा राख्न चाहन्छु । मन्त्रालयले पूर्वसचिवको संयोजकत्वमा कमिटी गठन भएको सुनिएको छ । कमिटिले सामाजिक सुरक्षाले दिने सुविधा मात्रै भन्दा पनि जम्मा भएको फण्डलाई नेपालको पूर्वाधार लगाएर त्यसबाट आउने प्रतिफल लिन सक्नुपर्छ । उक्त लगानी सरकारी क्षेत्रमा मात्रै नभएर निजी क्षेत्रका आयोजनाहरुमा पनि गरौँ । पक्षपात नगरौं । म्यारिट बेसमा लगानी गरौं । उक्त रकम पुरानै रुपमा सरकारी क्षेत्रमा खर्च गरौं भनेपछि ठूलो असजिलो समस्या निम्त्याउन सक्छ । समयमा गुणस्तरीय रुपमा सम्पन्न हुने र रोजगारी सिर्जना गरी राजश्व वृद्धि गर्ने आयोजनाहरुमा लगानी गर्ने प्रणाली बनाउनुपर्छ । सामाजिक सुरक्षा कोषको कार्यान्वयनको लागि सरकार,मजदुर संगठन र निजी क्षेत्र सहकार्य गरेर जान आवश्यक छ ।’


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम बैंकमा राखेर ब्याज लिने मात्रै नभएर मुलुकको पूर्वाधार विकासमा लगानी गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ता दुवैमा उत्साह जनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई पूर्वाधार विकास,जलविद्युत परियोजना,निजी साझेदारी परियोजनाहरुमा पनि जोडेर मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले उद्योग व्यवसाय क्षेत्रमा रोजगारी सिर्जना गरी सामाजिक सुरक्षा प्रणालीलाई विस्तार एवं निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो । उहाँले कोभिड महामारीपछि विश्व अर्थतन्त्रको अवस्था बुझेर हाम्रो अर्थतन्त्रमा आधारभुत परिवर्तनकोे आवश्यकता देखिएको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र नेपाली युवाहरु विदेशी भूमिमा आर्जित रेमिट्यान्स र रेमिट्यान्सलाई आयातमा उपयोग गरी कुल आयातको ३५ प्रतिशत संकलन हुने राजश्व माथि पूर्ण निर्भर रहेको दाबी गर्नुभयो । उहाँले देशमा रहेको प्राकृतिक स्रोतको सदुपयोग गदैै उद्योग स्थापना गरी रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ता दुवैमा उत्साह जनाउनुपर्छ । सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई पूर्वाधार विकास,जलविद्युत परियोजना,निजी साझेदारी परियोजनाहरुमा पनि जोडेर मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । उद्योग व्यवसाय क्षेत्रमा रोजगारी सिर्जना गरी सामाजिक सुरक्षा प्रणालीलाई विस्तार एवं निरन्तरता दिनुपर्छ । कोभिड महामारीपछि विश्व अर्थतन्त्रको अवस्था बुझेर हाम्रो अर्थतन्त्रमा आधारभुत परिवर्तनकोे आवश्यकता देखिएको छ । मुलुकको अर्थतन्त्र नेपाली युवाहरु विदेशी भूमिमा आर्जित रेमिट्यान्स र रेमिट्यान्सलाई आयातमा उपयोग गरी कुल आयातको ३५ प्रतिशत संकलन हुने राजश्व माथि पूर्ण निर्भर रहेको छ । विश्वमा भूराजनीतिक परिवर्तन भएमा रेमिट्यान्समा संकुचन आउन सम्भावना रहन्छ । रेमिट्यान्समा संकुचन हुँदा मुलुकको अर्थतन्त्रमा पर्नसक्ने नकारात्मक प्रभावलाई सरकारले अनुभव गरेको छ । देशमा रहेको प्राकृतिक स्रोतको सदुपयोग गदैै उद्योग स्थापना गरी रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न आवश्यक छ ।’


नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सामाजिक सुरक्षा कोष लगायतका संस्थाहरुमा रहेको रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोषमा मात्रै करिव ७० अर्ब रुपैयाँ रहेको भन्दै यो रकमलाई उत्पादनमुलक क्षेत्रमा लगाउन पाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नसके समग्र अर्थतन्त्रलाई नै योगदान गर्न सक्ने बताउनु भयो । उहाँले संचयकर्ताको रकमलाई अर्थतन्त्रको उत्थानमा प्रयोग गर्न सक्नु पर्ने बताउनु भयो । उहाँले विदेशी विनियम संचिती बढ्दा बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्रले अझै लय समाउन सकेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुमा खर्बौं लगानीयोग्य रकम जम्मा भएर बसेको भन्दै बैंकमा थुप्रिएको रकम लगानी हुन नसके अर्थतन्त्र विस्तार हुन नसक्ने बताउनु भयो । उहाँले समग्र बजार मागमा आएको कमीका कारण आज पनि क्षमताको ३०÷३५ प्रतिशत क्षमतामा मात्र उद्योगहरु सञ्चालनमा रहेको बताउनु भयो । मागमा आएको कमीका कारण सरकारले राजश्व समेत लक्ष्य अनुसार संकलन गर्न नसकेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,‘विदेशी विनियम सञ्चिति बढ्दा वाह्य क्षेत्र त राम्रो छ । तर आन्तरिक अर्थतन्त्रले अझै लय समाउन सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरुमा खर्बौं लगानीयोग्य रकम जम्मा भएर बसेको छ । बैंकमा पैसा थुप्रिने, लगानी नहुने हो भने अर्थतन्त्र बिस्तार हुन सक्दैन । समग्र बजार मागमा आएको कमीका कारण आज पनि क्षमताको ३०÷३५ प्रतिशत क्षमतामा मात्र उद्योगहरु सञ्चालनमा छन् । मागमा आएको कमीका कारण सरकारले राजश्व समेत लक्ष्यअनुसार संकलन गर्न सकिरहेको छैन । विगतमा मागलाई संकुचित पार्न अवलम्वन गरिएको नीतिको असर अर्थतन्त्रले भोगिरहेको छ । यसमा सुधार अपरिहार्य छ । अर्थतन्त्र सुधारका लागि सुझाव दिन सरकारले गठन गरेको उच्चस्तरिय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समेत सदस्य बनाउनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्युमार्फत नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । अर्थतन्त्र सुधारका लागि तत्कालिन रुपमा, मध्यकालिन रुपमा एवं दीर्घकालिन रुपमा कस्ता नीति अबलम्वन गरिनुपर्छ । अर्थतन्त्रलाई लयमा फर्काउन के गर्नुपर्छ भन्ने विषयमा स्पष्ट रुपमा सुझाव दिन एक सदस्यको नाताले सक्दो भुमिका खेल्ने प्रतिबद्धता यस अवसरमा व्यक्त गर्दछु । हालको अवस्थामा सामाजिक सुरक्षा कोष लगायतका संस्थाहरुमा रहेको रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन आवश्यक छ । सामाजिक सुरक्षा कोषमा मात्रै करिब ७० अर्ब रुपैयाँ छ । यो रकमलाई उत्पादनमुलक क्षेत्रमा लगाउन पाउने व्यवस्था गर्ने हो भने यसले समग्र अर्थतन्त्रलाई नै योगदान गर्नसक्छ । साथै सञ्चयकर्ताको रकमलाई अर्थतन्त्रको उत्थानमा प्रयोग गर्न सकिन्छ ।’


योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान–श्रीमती र १८ वर्ष नकटेका  छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको कोषले जानकारी दिएको छ । कोषमा सोमबारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध भएका छन् । कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान–श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने

Next Post

प्रधानमन्त्री ओलीको घोषणाः अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ

Next Post

प्रधानमन्त्री ओलीको घोषणाः अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन