• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले चार प्रदेशमा स्थलगत भ्रमण गर्ने

नीतिप्रेस by नीतिप्रेस
November 29, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले चार वटा प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ ।


शुक्रवार सिंहदरबारमा बसेको समिति बैठकले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा अध्ययन गर्न कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशमा अध्ययन तथा भ्रमण गर्ने निर्णय गरेको हो । बालबालिकाका संगठनहरु, बालबालिकाका लागि स्थानीय तथा प्रदेश सरकारले बनाएका ऐन र तिनको कार्यान्वयनको अवस्था लगायत विषयमा अध्ययन गर्न समितिले स्थलगत भ्रमण गर्न लागेको समिति सभापति तुलसाकुमारी दाहालले बताउनु भयो । उहाँकाअनुसार समितिले स्थानीय तहहरुमा संगठित भएका बालबालिकाहरुसँग क्लवहरु विभिन्न जाती, भाषा र लिङ्गको आधारमा छन् कि छैनन् भने छुट्टै छलफल गर्नेछ । समितिले बालबालिकासम्बन्धी स्थानीय तहहरुले बनाएको ऐन र ऐनको कार्यान्वयनको अवस्थाका बारेमा स्थानीय तहका सामाजिक तथा बालबालिका शाखा, शिक्षा शाखा र सरोकारवालाहरुसँग छलफल गर्ने सभापति दाहालले बताउनु भयो । उहाँले कोशी प्रदेशमा मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेस प्रदेशमा मधेसी समुदायका बालबालिकाको अवस्थाका बारेमा अध्ययन गरिने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आजको बैठकमा हामीले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन सम्बन्धमा स्थलगत भ्रमण गर्ने विषयमा छलफल भयो भ्रमण गर्ने तालिका राखेका छौं । दुई ठाउँमा हामीले स्थलगत भ्रमणको कुरा राखेका छौं । कोसी र मधेस प्रदेशमा र लुम्बिनी र कर्णाली प्रदेशमा  प्रदेशमा अनुगमन गर्ने कार्यतालिका बनाएका छौं । भ्रमणमा हामी विषेश गरी तीन वटा विषयमा केन्द्रित रहनेछौं । एउटा हामी बालबलिकासँग छुट्टै छलफल गर्छौं । स्थानीय तहहरुमा संगठित भएका बालबालिकाहरुसँग क्लव विभिन्न जाती, भाषा, लिङ्गको आधारमा बनेको छ कि छैन ? र बालबालिकाको स्थिति के छ भनेर स्थानीय तहमा छलफल गर्छौं । त्यहाँका स्थानीय सरकारसँग पनि हामी छलफल गर्छौं । जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुखहरु र महिला बालबालिका शाखा हेर्ने सरोकारवालाहरुसँग छलफल गर्छौं । बालबालिकाको नेटवर्कका लागि स्थानीय सरकारहरुले बनाएको ऐनको विषयमा पनि हामी अध्ययन गर्नेछौं । त्यस्तै प्रदेश सरकारले बालबालिका सम्बन्धी कस्तो नीति बनाएको छ ? र त्यो नीतिको कार्यान्वयनको अवस्था के छ ? भनेर बाल सहभगिताको विषयलाई हामी अध्ययन गर्छौं । अध्ययनका क्रममा हामी पत्रकारहरु, त्यो क्षेत्रका विज्ञहरु र सम्बन्धित मन्त्रालयका मन्त्रीहरु र महिला तथा बालबालिका समितिहरुमा समेत छलफल र अध्ययन गर्नेछौं । खासगरी एकल अधिकारको सूचि र साझा अधिकारको सूचिका लागि कस्ता कस्ता ऐनहरु उहाँहरुले निर्माण गर्नुभयो र ति ऐनहरुको कार्यान्वयनको अवस्था के छ ? र त्यसमा बालबालिकाको सहभागिताको कुरालाई हेर्नेछौं । कोशी प्रदेशमा खासगरी मुस्लिम समुदायका बालबालिकाको अवस्था र मधेस समुदायको बालबालिकाको अवस्था पनि हामी अध्ययन गर्नेछौं ।’

 
समितिका दुई वटा टोली स्थलगत अध्ययन तथा भ्रमणको लागि भ्रमणमा जानेछन् । कोशी तथा मधेस प्रदेशको स्थलगत भ्रमणमा जने टोलीले विराटनगर, जनकुपर, सिराहा र उदयपुरमा रहेका स्थानीय तह र बाल क्लवहरुसँग छलफल गर्नेछ । यता कर्णाली तथा लुम्बिनी प्रदेशमा जाने टोलीहरुले नेपालगञ्ज र सुर्खेत लगायतका क्षेत्रमा छलफल तथा अध्ययन गर्नेछ । भ्रमण तालिका चार दिनको रहने सभापति दाहालले बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

जलवायु वित्त परिचालनमा कोप—२९ का निर्णय औषत

Next Post

धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता

Next Post

धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन