• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनकः मन्त्री पाण्डे

नीतिप्रेस by नीतिप्रेस
December 3, 2024
in धर्म/संस्कृति, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको बताउनुभएको छ ।


सोमवार राति निर्माण भइरहेको विमानस्थलको रनवे र ट्याक्सी वेको स्थलगत अनुगमनपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले विमानस्थल निर्माण कार्य तिब्र गतिमा भइरहेकाले समय भन्दा अगावै सम्पन्न हुने बताउनु भयो । उहाँले यही गतिमा काम हुने हो भने दिनको १० घण्टा बन्द गर्नु नपर्ने पनि बताउनु भयो । चैत्र १८ गतेसम्म तोकेको समय भन्दा अगावै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै १० घण्टा बन्द गरेर काम गर्नुपर्ने अवस्थालाई ८ घण्टामा झार्न सकिने उल्लेख गर्नुभयो । उहाँले कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गर्नुभयो । उहाँले हरेक परियोजनामा समयमै काम नहुने, ठेक्का तोडिने र सडक भवन अलपत्र हुने अवस्था रहेको भन्दै कम्तिमा विमानस्थलमा भइरहेको निर्माणको कामले तोकिएकै समयमा काम गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गर्नुभयो 
उहाँले भन्नुभयो, ‘भइरहेको एयरपोर्ट निर्माण गरेर यसको क्षमता बढाउने भन्ने हाम्रो उद्देश्यअनुसार निर्माण के कस्तो भइरहेको छ । तीन घण्टा त पहिला पनि बन्द हुन्थ्यो प्लस ७ घण्टा समेत गरेर १० घण्टा एयरपोर्ट बन्द गरेर काम हामीले युद्धस्तरमा गरिरहेका छौँ । भइरहेको काम के कति प्रगतिका साथ, कस्तो गतिका साथ अघि बढिरहेको छ, भनेर हेर्न भनेर हामी आएका हाँै । हामीले सोचेअनुसार नै तिब्र गतिमा बढो तदारुकताका साथ सबै साइटडहरुमा काम भइरहेको हामीले देख्यौँ । यसबाट हामी के अनुमान गर्नसक्छौँ भने हामीले जुन समय तोकेका छौँ, चैत्र १८ गतेसम्म १० घण्टा एयरपोर्ट क्लोज गरेरै काम गर्छौं भन्ने समय तोकेका थियौँ । त्यो भन्दा पनि पहिला पो काम भ्याइन्छ की ? यो एयरपोर्ट १० घण्टा बन्द गर्नुपर्ने समयलाई केही घटाउन सकिन्छ की ? यस्तै तरिकाले काम हुने हो र यहाँका उपकरणदेखि यहाँको जनशक्ति राम्रो गरी परिचालित हुने हो, यसरी नै परिचालित हुने हो भने यो १० घण्टालाई ८ घण्टामा झार्न सकिने हो की जुनकुरा हामीले पहिला पनि कोशिस गरेका थियौँ । यो ५ महिनालाई घटाउन सकिएला की ? १० घण्टालाई घटाउन सकिएला की ? भन्ने जे सोचेका थियौँ ? अहिले जसरी तिब्र गतिले काम भइरहेको छ ? त्यसपट्टि पनि आशा पलाएको छ । दोस्रो एयरपोर्ट बनाउने जस्तो कुरा ट्याक्सी वे र रन वेको बीचको जुन कनेक्टिङ वे हामी बनाउँदैछौँ । त्यो भनेको रनवे जत्तिकै बलियो हुनुपर्छ, मजबुत हुनुपर्छ । त्यहाँमँथि पनि न्यारोबडी, वाइडबडी लगायतका हाम्रो धेरै ठूलो लोड भएका जहाँजहरु गुडाउनुपर्ने हुन्छ । जहाजहरु उडाउनुपर्ने हुन्छ । त्यसकारण त्यत्ति नै मजबुत बनाउनु पर्छ । त्यो दृष्टिकोणले पनि यसको गुणस्तरको कुरा र यो समयमै सम्पन्न भए यसको कस्ट नबढ्ने कुरामा ध्यान दिएर निर्माण व्यवसायी, प्राविधिक साथीहरुले काम गरिरहनुभएको छ । अहिले भइरहेको काम सन्तोषजनक छ । १० घण्टा बन्द गर्नुको प्रतिफल हामीले पाउँछौँ ।’


सोमवार राति मन्त्री पाण्डेले समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गर्नुभएको हो । पर्यटनमन्त्रीसहितको टोलीले  विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारको काम गरिरहेको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

२० औं लेखनाथ महोत्सव पुस १८ गते देखी आयोजना हुने

Next Post

सही ढंगले सहकारी ऐनको कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्तः मन्त्री अधिकारी

Next Post

सही ढंगले सहकारी ऐनको कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्तः मन्त्री अधिकारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन