• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

महिला स्वास्थ्य स्वयंसेविकाहरुको गुनासोः सरकारले कामको मूल्यांकन गरेन

नीतिप्रेस by नीतिप्रेस
December 5, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

महिला स्वास्थ्य स्वयंसेविकाहरुले सरकारले स्वास्थ्य स्वयंसेविकाहरुको कामको मूल्यांकन गर्न नसकेको गुनासो गरेका छन् ।


बिहीवार ललितपुरमा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला स्वयंसेविकाहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले महिला स्वयंसेविकाहरु जुनसुकै ठाउँमा हिँड्नलाई तयार रहेको भएपनि सरकारले कामको मूल्यांकन गर्न नसकेको गुनासो गरे । उनीहरुले आफूहरुको कामको बारेमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराएपनि अहिलेसम्मका सरकारले चासो नदिएको महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले बताउनु भयो । महिला स्वयंसेविकाहरुले गरेको कामको मूल्यांकन हुनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘जुनसुकै ठाउँमा हिँड्नलाई महिला स्वयंसेविकाहरु तयार छौँ । तयार हुँदाहुँदै पनि हामीले काम गरेको अहिलेसम्म मूल्यांकन छैन । हामीले नेपाल सरकारलाई पटक पटक ध्यानाकर्षण गराएका छौँ । तर अहिलेसम्म ध्यान आकर्षण हुन सकेको छैन । हामीले गरेका कामहरु स्वास्थ्यको मुख्य आधार हो । काम जुनसुकै काम गर्न तयार छौँ तर काम गरिसकेपछि त्यसको मूल्यांकन हुनुपर्छ ।’


कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले महिला स्वास्थ्य स्वयंसेविकाहरुको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँले महिला स्वयंसेविकाहरुलाई अपग्रेड गरेर प्रणालीमा ल्याउनसके आगामी दिनमा राम्रो हुने बताउनु भयो । उहाँले कुन उमेरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई अपग्रेड गर्ने भन्नेबारेमा सरकारले छलफल गरिरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आगामी दिनमा हामीले दुई तीन वटा चिजहरु गर्नुपर्ने छ । तपाईंहरुको उचित व्यवस्थापनको कुरा छ । अपग्रेडेशनको कुरा छ । सिस्टममा ल्याउनलाई के गर्ने ? जुन तपाईंहरुले काम गरिरहनुभएको छ । त्यसलाई सिस्टममा ल्याउन के गर्ने ? महिला स्वयंसेविकाहरुलाई अपग्रेड गरेर सिस्टममै हाल्न सकियो भने त भोलिका दिनमा सजिलो हुन्छ । कुन उमेरलाई अपग्रेड गर्न सकिन्छ, त्यो बहस गर्न सकिन्छ ।’


कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले स्वास्थ्य स्वयंसेविकाले व्यक्तिलाई मात्रै नभइ परिवार, समाज र देशलाई नै स्वस्थ बनाउने बताउनु भयो । उहाँले सबैको मुख्य काम भनेको नागरिकको सेवा नै भएकाले सबैले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘डाक्टरले, नर्सले व्यक्तिको उपचार गर्छौं । व्यक्तिलाई स्वस्थ बनाउँछौँ तर यहाँहरुले व्यक्तिका साथै परिवार, समाज र देशलाई स्वस्थ बनाउनु हुन्छ । फरक त्यो हो । सबैको सेन्टर अफ एक्शन भनेको नागरिकको सेवा नै हो । हामी तीन तहको सरकार छौँ । तीन तहको सरकारको समन्वय गरेर प्रोत्साहन कतै न कतै गरिरहेका छौँ । तर समग्र रुपमा सबैलाई सबैको लागि गर्न बाँकी छ ।’


महानिर्देशक देवकोटाले संघीयतापछि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई संघ, प्रदेश र स्थानीय तह कतै न कतैबाट प्रोत्साहनका कार्यक्रमहरु गरिरहेको भएपनि समग्र रुपमा सबैलाई सबैको लागि गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनायोः पूर्वराष्ट्रपति भण्डारी

Next Post

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्बिरहरु)

Next Post

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्बिरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन