• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

किशोरीहरुको नेतृत्व विकासको मुख्य बाधक लैङ्गिक विभेद

नीतिप्रेस by नीतिप्रेस
December 5, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

लैङ्गिक विभेदका कारण एशिया प्रसान्त क्षेत्रका किशोरीहरुको निर्णायक क्षमतामा बाधा पुगेको एक अध्ययनले देखाएको छ ।

.
प्लान इन्टरनेसनले सार्वजनिक गरेको किशोरी नेतृत्व सम्बन्धी सूचकाङ्क २०२४ ले किशोरी र युवा महिलाको नेतृत्व सामथ्र्यलाई ती देशमा विद्यमान लैङ्गिक विभेदले कमजोर बनाएको देखाएको हो । सूचकाङ्कले विश्वको झन्डै ६० प्रतिशत युवा जनसंख्याको बसोवास रहेको एशिया प्यासिफिक क्षेत्रका किशोरी र युवा महिलाको नेतृत्व र निर्णायक क्षमता विद्यमान लैङ्गिक विभेदका कारण कमजोर बन्दै गएको देखाएको हो । शिक्षा, सुरक्षा, कानून र नीतिमा सिंगापुर, थाइल्याण्ड र फिलिपिन्सको सूचकाङ्क उच्च रहेको छ भने अफगानिस्तान, पाकिस्तान र बु्रनाई दारुसलाम लगायत देशमा किशोरीहरुको शिक्षामा ठूलो खाडल रहेको पाइएको छ । यी तीनवटा देश शिक्षा र आर्थिक अवस्थाको मापनमा सबै भन्दा तल्लो सूचकाङ्कमा रहेका छन् । शिक्षामा असमानता बढेसँगै किशोरीहरुको आर्थिक अवस्था पनि कमजोर बनेको अध्ययन प्रतिवेदनले देखाएको छ । कानून र नीतिगत दृष्टिकोणबाट नेपालको अवस्था राम्रो रहेको पाइएको छ । तर कार्यान्वयन पक्ष भने फितलो रहेको अध्ययनले देखाएको छ । प्रशाान्त क्षेत्रमा अस्ट्रेलिया न्युजिल्याण्ड र फिजी शिक्षा, आर्थिक अवसर, कानून तथा नीतिगत दृष्टिकोणबाट उच्च श्रेणीमा रहेका छन् । शिक्षा, स्वास्थ्य र नेतृत्वदायी प्रतिनिधित्वको सवालमा पपुवान्युगिनी, नाउरु र सोलोमन टापुहरु भने पछाडि छन् ।  
प्लान इन्टरनेसनलका कार्यकारी प्रमुख डेबोरा टि सिम्सनले किशोरी नेतृत्व सम्बन्धी सूचकाङ्कले समग्र रुपमा एशिया प्रसान्त क्षेत्रका किशोरीहरुको नेतृत्व र निर्णायक क्षमताको स्थितिलाई सार्वजनिक गरेको बताउनु भयो । उहाँले किशोरीहरुको बहुआयामिक पक्षमा गरिएको अध्ययनले देशअनुसारको स्थितिलाई उजागर गरेकाले सोही अनुसार ती देशहरुले आफ्नो योजना र रणनीति बनाउन आवश्यक रहेको बताउनु भयो । किशोरी र महिलालाई सबै दृष्टिकोणबाट सक्षम बनाउन सक्ने हो भने उनीहरुको निर्णायक क्षमताले ती मुलुकको शिक्षा, स्वास्थ्य, सुरक्षा लगायत क्षेत्रमा सकारात्मक प्रभाव देखाउने पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो “हामीले अध्ययनलाई विभिन्न ७ क्षेत्रमा बाँडेका थियो । यसमा किशोरीहरुको अधिकार, शिक्षा, स्वास्थ्य, प्रतिनिधित्व र निर्णायक नेतृत्व लगायत छन् । सबै देशहरुको अवस्था फरकफरक छ । रोजक कुरा त के छ भने कानूनमा १ नम्बरमा आएको देशमा किशोरीको शिक्षा, अधिकार र प्रतिनिधित्वमा कमजोर रहेको पाइयो । ती राम्रा कानून र नीतिहरुलाई व्यवहारमा ल्याउनु जरुरी छ । किशोरीलाई स्कुल पठाउने, सीमान्तकृत समुदायका मानिसहरुको पहुँच बढाउने, नेतृत्वदायी भुमिकामा सहयोग गर्ने गरियो भने उनीहरुको आत्मविश्वास बढ्नेछ र त्यसको प्रभाव परिवार, समाज र देशमा देख्नसक्छौँ । हामीले किशोरीहरुको अध्ययन शैली तथा सहभागीताको स्वरुप बदल्न क्लवहरु निर्माण गरेर नेतृत्व क्षमतालाई वृद्धि गर्नसक्छौँ । त्यसैले यो सूचकाङ्क हेरेर नेपालले पनि आफूलाई सुधार गर्नुपर्ने स्थानमा योजनावद्ध रुपमा कार्यक्रमहरु तय गर्नसक्छ । ”


एशिया प्रशान्त क्षेत्रका ३३ वटा देशबाट प्राप्त तथ्यांकका आधारमा तयार किशोरी नेतृत्व सम्बन्धी सूचकांक २०२४ ले निरन्तरको असमानताका कारण किशोरीहरुको नेतृत्व विकास अवरुद्ध हुनु चिन्ताजनक रहेको उल्लेख गरेको छ । अध्ययन प्रतिवेदनमा लैङ्गिक विभेद र असमानताको चक्र तोड्न किशोरी र महिलाको नेतृत्व विकासमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । किशोरीहरुको नेतृत्व बढाउन आरक्षण थप गर्ने, कानूनी प्रवन्धहरुलाई सबल बनाउने, डिजिटल समावेशीकरण र लैङ्गिक विविधतायुक्त नेतृत्व प्रवद्र्धनका लागि निजी क्षेत्रलाई समावेश गर्ने तथा दीर्घकालिन परिर्वतनका लागि दिगो अभ्यासहरु सुनिश्चित गर्ने जस्ता कदम चाल्नुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

एकले अर्काेलाई स्वीकारेर रचनात्मक बनौँः अध्यक्ष बस्नेत

Next Post

राष्ट्रिय सूचना आयोगद्वारा ९६.०५ प्रतिशत पुनरावेदन फर्छ्यौट

Next Post

राष्ट्रिय सूचना आयोगद्वारा ९६.०५ प्रतिशत पुनरावेदन फर्छ्यौट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन