• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्रीको चीन भ्रमणः नेपाललाई १२ अर्ब ४ करोड अनुदान

नीतिप्रेस by नीतिप्रेस
December 5, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।


चीनको चार दिने चीन भ्रमणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलन बोल्दै परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव अमृतबहादुर राईले यस्तो बताउनुभएको हो । उहाँले चार दिने चीन भ्रमणको क्रममा भएको नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा १० आयोजनाहरु रहेको बताउनु भयो । उहाँकाअनुसार उक्त सम्झौतामा टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान–प्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान–प्रदान,निर्यात सम्बन्धी प्रोटोकल,नौतले वसन्तपुर दरबार पुनःनिर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र,नगद सहयोग सम्बन्धी पत्र आदान–प्रदान,स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझादारी पत्रमा सम्झौता भएको छ । चीन भ्रमणका क्रममा चीन सरकारका तर्फबाट वि.स.२०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिव २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सि चिनफिङले थप अनुदान ५०० मिलियन अर्थात नेपाली रुपैयाँ ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको जानकारी दिनुभयो । उहाँले भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ती जारी गरिएको पनि बताउनु भयो । उहाँले यो पटक नेपालले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार,पूर्वाधार निर्माण,कृषि,ऊर्जा,वाणिज्य लगायत क्षेत्रका केही महत्वपूर्ण विकास परियोजनाहरु अघि सारेको पनि बताउनु भयो । चीन भ्रमणले आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘चीन भ्रमणका क्रममा मैले चीनका महामहिम राष्ट्रपति सि चिनफिङसँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरुमा छलफल गरे । मैले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री लि छियाङले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलबीच द्धिपक्षीय वार्ता सम्पन्न भयो । उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरुमा घनीभुत र हार्दिकतापूर्ण छलफल भयो । चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाओ लुचीसँग पनि मेरो भेटघाट र छलफल भयो । बृद्धिजीवी,प्राध्यापक,विद्यार्थी तथा प्रबुद्ध वर्गहरुको उपस्थितिमा बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजना गरिएको एक प्राज्ञिक कार्यक्रममा मैले प्रमुख वक्ताका रुपमा सम्बोधन गरे । नेपाली राजदुतावास,बेइजिङ,चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद् र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल–चीन बिजनेश फोरमलाई मैले सम्बोधन गरे । उक्त अवसरमा नेपालको पर्यटकीय आकर्षण र लगानीको सम्भावनाको चर्चा गर्दै चिनियाँ जनतालाई नेपाल भ्रमण गर्न र नेपालमा लगानी गर्न आह्वान गरेको छु । बेइजिङस्थित नेपाली राजदुताबासले म र मेरो प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भए । सो अवसरमा चीनमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र चिनियाँ भित्रहरुसँग मेरो संवाद भयो । भ्रमणका अवसरमा नेपाल र चीनबीच बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भयो । बिआरआईअन्तर्गत १० परियोजनाहरु जसमा टोखा–छहरे सुरुङमार्ग सम्बन्धी पत्र आदान–प्रदान,नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी पत्र आदान–प्रदान,निर्यात सम्बन्धी प्रोटोकल,नौतले वसन्तपुर दरबार पुनःनिर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान,विकास योजना सम्बन्धी समझदारी पत्र,आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र,नगद सहयोग सम्बन्धी पत्र आदान–प्रदान,स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्चार प्रविधि सम्बन्धी समझादारी पत्रमा सम्झौता भएको छ । चीन सरकारका तर्फबाट वि.स.२०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन करिव २ अर्ब ७० करोडका अतिरिक्त राष्ट्रपति सि चिनफिङले थप अनुदान ५०० मिलियन नेपाली ९ अर्ब ३४ करोड अनुदान घोषणा भएको छ । भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको छ । यो पटक हामीले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्चार,पूर्वाधार निर्माण,कृषि,ऊर्जा,वाणिज्य लगायत क्षेत्रका केही महत्वपूर्ण विकास परियोजनाहरु अघि सारेका छौं । यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु ।’


उहाँले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सि चिनफिङसँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरुमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री लि छियाङले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको र उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरुमा घनीभुत र हार्दिकतापूर्ण छलफल भएको जानकारी दिनुभयो । भ्रमणका क्रममा चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाओ लुचीसँग पनि मेरो भेटघाट भएको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

राष्ट्रिय सूचना आयोगद्वारा ९६.०५ प्रतिशत पुनरावेदन फर्छ्यौट

Next Post

चालु आ.व.मा ८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य

Next Post

चालु आ.व.मा ८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन