• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नाक, कान र घाँटीको समस्यामा नेपाली बढी लापरवाह छन्ः डा. दिवित अधिकारी नाक, कान तथा घाँटी रोग विशेषज्ञ

नीतिप्रेस by नीतिप्रेस
December 8, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

अन्तरवार्ताः डा. दिवित अधिकारी
नाक, कान तथा घाँटी रोग विशेषज्ञ,अल्का अस्पताल
ड्ड नाक, कान र घाँटीको समस्यामा नेपाली बढी लापरवाह छन्
ड्ड घाँटी दुखेको सबै टन्सिल होइन
ड्ड रुघाखोकी लागे तीन दिन कुर्नु, निको नभए अस्पताल गइहाल्नु
अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष धेरै चिसो हुने संकेत देखिन थालेको छ । जति चिसो बढ्दै जान्छ बिरामी पर्नेहरुको संख्या पनि बढ्ने गर्दछ । हाम्रो दैनिक बानी, व्यवहार, आहारविहारले चिसोमा हुने संक्रमणको जोखिम निर्धारण गरिरहेको हुन्छ । हाम्रो सानो हेलचेक्राँई र लापरवाहीले ठूलो जोखिम र दुर्घटना निम्त्याइरहेका हुन्छन् । चिसोमा श्वासप्रश्वास सम्बन्धी समस्या र पेट सम्बन्धी समस्या बढी देखिन्छ । उमेरगत समस्या पनि उत्तिकै हुन्छ । गर्भवती, सुत्केरी, नवजात शिशु, साना बालबालिका, दीर्घरोगी र वृद्धवृद्धाहरुमा चिसोमा बढी जोखिम हुन्छ । यी सबै अवस्था र उमेरका व्यक्तिहरुको दैनिक हेरचाह र सावधानी अपनाउन सकियो भने चिसोमा हुने संक्रमण र त्यसको जोखिमबाट बचाउन सकिन्छ । अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.दिवित अधिकारीले चिसोमा सावधानी अपनाउनुको सट्टा औषधि खाने चलनले व्यक्तिको स्वास्थ्य जोखिम बढिरहेको बताउनु भयो । चिसोको बेलामा सबैभन्दा पहिला नाक, कान र घाँटीमा समस्या देखिने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधिको प्रयोग गर्न आग्रह गर्नुभयो । चिकित्सकको सल्लाह बिनै मेडिकलबाट औषधि ल्याएर खाने चलनले जोखिम बढिरहेको उहाँको भनाइ छ । नाक, कान र घाँटीको समस्यामा नेपालीहरु सबैभन्दा बढी लापरवाह देखिएको बताउनु भयो । प्रश्तुत छः डा. दिवित अधिकारीसँग चिसो मौसम र स्वास्थ्य हेरचाहसम्बन्धी गरिएको कुराकानीको सम्पादित अंश । 
प्रश्नः चिसो समय शुरु भएको छ, यसबेला नाक, कान र घाँटीका समस्या बढी देखिन्छन् नि किन ?
जवाफः मैले विगत २२ वर्षदेखि नाक, कान र घाँटीसँग सम्बन्धीत रोगहरुको उपचार गर्दै आइरहेको छु । नाकसम्बन्धी रोगहरुमा नाकबाट सिंगान धेरै बग्ने, हाच्छिउँ आउने, रुघा लाग्ने, श्वास फेर्न गाह्रो हुने, नाक बन्द हुने रोगहरु हुन्छन् । त्यस्तै, कानसम्बन्धी रोगहरुमा  कान पाक्ने, कान नसुन्ने, कान चिलाउने र चक्कर लाग्ने जस्ता समस्याहरु हुन्छन् भने घाँटीसम्बन्धी समस्यामा घाँटी सुन्निने लगायतका समस्याहरु हुन्छन् । नाक, कान र घाटीहरु अन्तरसम्बन्धित छन् । जस्तै हाम्रो नाक कानसँग सिधै जोडिएको हुन्छ । यसलाई मस्क्युलर ट्युब भन्छ । त्यही ट्युबले नाकको भागलाई सिधै कानमा लगेर जोडिदिन्छ । अनि कानबाट त्यो कनेक्सन घाँटीमा पनि आउँछ । त्यसकारण नाकको घाँटीसँग सम्बन्ध हुन्छ । मुखको पनि पछि गएर घाँटीमै सम्बन्ध हुन्छ । कान पनि नाकको पछाडिको भागबाट ट्युबको माध्यममबाट घाँटीमा आउने भएको कारणले हामीले यो सबै कुराहरुलाई यसमै राखेर काम गर्छौं । यसलाई इएनटी पनि भन्ने गरिन्छ । 
प्रश्नः नाक, कान र घाँटीका रोगहरु गर्मी याममा बढी देखिन्छन् की जाडो याममा ? 
जवाफः जलवायु परिवर्तनले पनि मान्छेमा लाग्ने रोगहरुमा असर गर्दछ । हाम्रोमा रोग भनेकै ब्याक्टेरियलमा हुँदैन । जीवाणुको माध्यमबाट लाग्ने रोग मात्र हुँदैन । एलर्जी पनि एकदमै महत्वपूर्ण हुन्छ । एलर्जी भनेको चिसो धुवाँ र धुलोको माध्यमबाट हुने हो । त्यसैले जब जाडो याम तथा चिसो बढ्दै जान्छ तब नाकको समस्या, घाँटी दुख्ने समस्या र श्वास फेर्न गाह्रो हुने समस्या बढ्दै जान्छ । त्यसैगरी गर्मीयाम शुरु हुने बित्तिकै कान पाक्ने रोग फेरि बढ्दै जान्छ । गर्मीमा मान्छेहरुले धेरै नुहाउने गर्दछन् । त्यसरी नुहाउँदा कानभित्र पानी पर्ने भएका कारण कान पाक्ने रोग बढी मात्रामा देखिन्छ । घाँटी दुख्ने समस्या पनि चिसोभन्दा गर्मी महिनामा बढी देखिन्छ । चिसोको तुलनामा गर्मीमा चिसो खानेकुराहरु खाने भएकाले यस्तो समस्या आउने गर्दछ । जलवायु परिवर्तनले गर्दाखेरि मौसमका आधारमा रोग लाग्ने कुराहरु पनि सम्बन्धित भएका कारणले गर्दा यसले समस्या पारिरहेको छ ।  
प्रश्नः पछिल्लो समय संक्रमण बढ्दै गएको हो ?
जवाफः हो, समय मानव स्वास्थ्यमा संक्रमण बढ्दो देखिन्छ । खासगरी कोरोना भाइरस संक्रमणपछि अलि बढेर गएको छ । पहिले—पहिले भाइरल भाइरसहरु कम मात्रामा थिए । अहिले ति भाइरसहरु बढी भएका कारण संक्रमणहरु अझ बढी भएको हामीले देखेका छौं । 
प्रश्नः संक्रमण बढ्दै गएको अनि घातक पनि बनेको देखिन्छ, सामान्य लाग्ने रुघाखोकीमा पनि मान्छे ओछ्यान परेको देखिएको छ ?
जवाफः धेरैजसो संक्रमणको लक्षणहरु कम मात्र देखिने गरेको छ । घातकभन्दा पनि नाक र घाँटीबाट संक्रमण छातीमा गएर श्वासप्रश्वासमा समस्या हुनेकुरा पहिले भन्दा अहिले अलि बढी देखिएको छ । यो के करणले भइरहेको छ । त्यो त अहिलेसम्म हामीले पत्ता लगाउन सकेका छैनौं । कोरोना संक्रमणपछि र पछिल्लो समय बढेको वायु प्रदुषणका कारण श्वासप्रश्वासका रोगीहरु बढेको हामीले देखेका छौं । 
प्रश्नः अहिले रुघाखोकी निको हुन छोड्यो, एन्टीबायोटिक नै खानुपर्छ भन्छन् ?  
जवाफः सामान्य रुघाखोकीहरु सामान्य घरेलु उपचारले निको हुन छोडेको छैन । तर पहिलेभन्दा अहिलेका जीवाणुहरु झन् सशक्त भएर आएको जस्तो देखिन्छ । केही बिरामीहरुले यत्रो वर्षसम्म केही भएन एक,दुई वर्षदेखि घाँटी खसखस हुने, रुघा लाग्ने गरेको भनेर अनुभवहरु सुनाउनु हुन्छ । पहिले—पहिले दुई दिनमा रुघाखोकी ठिक हुनेमा अहिले १४ दिनसम्म पनि ठिक भइरहेको छैन भन्नुहुन्छ । त्यसमा इन्फेक्शनको जुन प्याथोजेम भन्छौं हामीले त्यसले भाइरसको भिरोलेन्स अर्थात त्यसको रोगको संक्रमण गराउने क्षमता बढेको हो कि । त्योबारे हामीले रिसर्च त गरेका छैनौं । पहिले—पहिले राइनो अर्थात रुघाखोकी लाग्ने भाइरसले आक्रमण गथ्र्यो । अहिले इन्फ्लुएन्जा भनेर आएको छ । त्यसको संक्रमण अझै व्यापक देखिएको छ अहिले ।
प्रश्नः एक व्यक्तिबाट अर्को व्यक्तिमा हुने संक्रमण तिब्र छ, एकै दिनमा धेरै व्यक्तिमा एक व्यक्तिले संक्रमण गराइरहेको देखिन्छ ?
जवाफः अहिले संक्रमण बढ्दो गतिमा छ । पछिल्लो समय जलवायु परिवर्तनको असर पनि बढेर आएको छ । त्यसको कारण एक्सपोजर सबैलाई एउटै हो । तर रोगसँग लड्ने क्षमता एउटा वयस्क पुरुषमा जति छ त्यति महिला, बालबालिका र वृद्धा अवस्थाका मानिसहरुमा कम भएर जान्छ । त्यो क्षमता कम हुने बित्तिकै किटाणु तथा जीवाणुहरुले झन छिटो आक्रमण गर्छ । अर्को इम्युनिटी कम हुने बित्तिकै हाम्रो रोगसँग लड्ने क्षमता पनि हाम्रो घट्यो । त्यसो हुँदा जति समयमा रोग निको हुनुपर्ने हो त्यति समयमा रोग निको हुन पनि पाउँदैन । त्यस कारण वृद्धवद्धा, बालबालिका र गर्भवती महिलाहरुमा अझ तिब्र गतिले बढेको देखिन्छ । यसको रोकथामको लागि हामीले वातावरणीय कुरामा मुख्य ध्यान दिनुप¥यो । पछिल्लो समय काठमाडौंमा तुवाँलो जुन देखिएको छ । धुलो धुवाँबाट बच्नको लागि हामीले मास्कको प्रयोगहरु गर्ने, अनि वायु प्रदुषण कम गर्ने क्रियाकलापहरु गर्ने, चिसोबाट बच्नको लागि न्यानो लुगाहरु लगाउने, मनतातो पानी पिउने गर्नुपर्छ । घरायसी उपचारमा हाम्रो पहिलेदेखिको परम्परा बेसार पानीहरु पिउने लगायत कामहरु गर्न मिल्छ । म के भन्न चाहन्छु भने तपाईंको बालबालिकाप्रति, वृद्धवृद्धा वा जो कसैलाई पनि रुघाखोकी लागेको छ भने एकपटक चिकित्सक कहाँ गएर जचाउनु चाहीँ राम्रो हो । किनभने हरेक पटक सामान्य रुघाखोकी नहुन पनि सक्छ । अहिलेको समयमा सामान्यभन्दा असामान्य रुघाखोकी बढी देखिएको छ ।
प्रश्नः हामी कस्तो अवस्थामा घरमा बसेर उपचार हेरचाह गर्ने वा कस्तो अवस्थामा अस्पताल आउने ?
जवाफः नेपालको सन्दर्भमा मानिसमा केही हदसम्म चेतनाको कमी पनि छ । कान सुन्न छोडेको २४ घण्टाभित्रमा अस्पताल आयोभने त्यो कानलाई उपचार गर्न सकिन्छ । ७२ घण्टासम्म पनि त्यो निको पार्ने प्रयास गर्न सकिन्छ । तर ७२ घण्टा भन्दा पपनि उता गएको अवस्थामा हाम्रो श्रवण शक्ति नआउन पनि सक्छ । त्यसकारण कान सुन्न छोडेको २४ घण्टामा जे कारण भएपनि अस्पताल आउन जरुरी छ । कान पाकेको जस्तो भएको छ भने एक,दुई दिन मिल्छ । तर रगत मिसिएको पिप आयो भने चिकित्सक कहाँ आउनुप¥यो । त्यस्तै सामान्य रुघाखोकी दुई दिनसम्म हेर्ने हो । घरेलु उपचार गर्दागर्दै दुई दिनपछि पनि ठिक भएन भने तुरुन्तै आउने । त्यस्तै रुघासँगै टाउको दुख्ने अथवा अनुहारको कुनैपनि भाग दुखेको अवस्थामा पनि हामीलाई भेट्न आउने हो । एक,दुई दिनको बिरामीले समस्या भएन । यदी दुखाई बढ्दै गयो भने चिकित्सकको सल्लाह लिन आवश्यक छ । 
कुनैपनि रोगका लागि एक,दुई दिन कुर्न खासै समस्या होइन । तर चिकित्सकको परामर्श बिना कुनैपनि मेडिकलमा गएर दिएको औषधि केहिले पनि नखानुहोला । किनभने विदेशमा धेरै अध्ययन तथा अनुसन्धान गरेर यो कुरा पत्ता लगाइएको छ । धेरै ठाउँमा अहिले पनि डाक्टरको पुर्जाबिना त्यत्तिकै अ‍ैषधि कसैले पनि दिदैन । तर नेपालको सन्दर्भमा हामीले मेडिकलमा पुर्जा देखाउँदा पनि त्यहाँ पढेको मान्छे नभएको कारण सामान्य रोगलाई पनि ठूलोठूलो औषधि दिने गरेको छ । त्यसपछि बिरामी ठिक नभएर चिकित्सक कहाँ आइपुग्दा चिकित्सकले कुन औषधि चलाउने भन्ने समस्या हुन्छ । उसले पहिले नै खाएर आइसकेको हुन्छ । त्यस्तो नगर्न आग्रह गर्न चाहन्छु । समय र पैसा खर्च भएपनि चिकित्सकलाई देखएर खाएको औषधि रामो हुन्छ । घरेलु उपचार सामानय कुरालाई एकदुई दिन गर्न मिल्छ । तर कसैको एकदमै छाति दुखेर आयो भने त्यसमा हामी कुर्न मिल्दैन । किनभने त्यस अवस्थामा मुटुको समसया हुनसक्छ । लगातार वान्ता भइरहेको छ भने त्यो राम्रो संकेत होइन । एक दुई दिन घाँटी दुख्नु पनि सामान्य हो तर थुक नै निल्न नसकेको अवस्थामा तुरुन्त चिकित्सक कहाँ आएको राम्रो भन्छु ।  
प्रश्नः रुघाखोकी र अन्य रोगको संक्रमण कसरि छुट्याउने, लक्षण कसरि छुट्याउने ?
जवाफः म जहिले पनि फ्लुलाई तीन दिन हेर्नुपर्ने भन्छु । त्यो तीन दिनमा हाम्रो रोगसँग लड्ने क्षमता ठिक छ भने रुघा लाग्ने, हाच्छिउँ आउने, सिंगान आउने, टाउको दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने यो सबै घट्ने क्रममा जान्छ । कुनैपनि यी लक्षणहरु २४ देखि ४८ घण्टासम्म नघटेको अवस्थामा त्यो जटिल हुँदै गएको अवस्थाको रुपमा हामीले सोच्नुपर्छ । अनि सम्बन्धित चिकित्सकलाई देखाएको राम्रो हुन्छ । शरीरमा जे कुरा पनि छिर्ने भनेको नाक र मुखबाट नै हो । त्यसका लागि हामीलाई लड्ने क्षमता दिएको छ । त्यसमा हामी माथिबाटै काउण्टर अट्याक गर्छौं । हामीले त्यस आक्रमणको प्रतिरोध गर्न सकेनौं, हाम्रो रोगसँग लड्ने क्षमता ठिक छैन भने त्यसले तल छातिमा गएर असर गर्न सक्छ । बिस्तारै मुटु र पेटमा गएर असर गर्नसक्छ । यी त संवेदनशील अंगहरु भएको कारणले यी अंगहरुमा पुग्नुभन्दा पहिले नै हामी सचेत हुनु राम्रो हो जस्तो लाग्छ । 
खोकी भनेको छातिको खोकि पनि हुन्छ । घाँटीको खोकी पनि हुन्छ । रुघापन नाकको पनि हुन्छ र मुखतिरको पनि हुन्छ । नाक, मुख र घाँटीमा आउने खोकी जहिले पनि खसखसे खोकी हुन्छ । त्यसमा स्वाँस्वाँ हुदैन । तर कोही मान्छेलाई खोकी पनि लाग्यो । ज्वरो पनि आयो १०२ देखि १०३ डिग्रीको भने त्यसले छातीमा संक्रमण भयो है भनेर जनाउँछ । सामान्य खोकिमा खसखसे खोकी मात्र हुन्छ । तर ज्वरो धेरै आउने र श्वासप्रश्वासमा समस्या आयो भने त्यो चाहीँ छातीमा संक्रमण भएर आएको खोकीको रुपमा बुझ्नुपर्छ । यो अति जटिल समस्या हो भनेर पनि जनाउँछ । त्यही भएर यस्तो अवस्थामा हामी सचेत हुनुपर्दछ । यस कुरामा शहरमा त हामी केही हदसम्म सचेत भएका छौं । ग्रामिण भेगमा त अहिले पनि छैनौं जस्तो लाग्छ । गाउँबाट आउने बिरामीहरु अलिकति सिरियस नै भएपछि मात्र आउनुहुन्छ । शहरमा शिक्षित भएको हुनाले सबैलाई थाहा हुन्छ । अलिकति समस्या हुनासाथ उहाँहरु आउनुहुन्छ । गाउँमा जबसम्म गाह्रो हुँदैन तबसम्म आउँदैनन् । त्यसमा जनचेतनाको आभाव हुनु पनि मुख्य कारण होला । अर्को कुरा, वृद्धवृद्धा र बालबालिकाहरुमा केयरिङको समस्या  छ । काम गर्ने मान्छेहरु शहरमा रहेका कारणले वृद्धवृद्धा तथा बालबालिकाहरुले आवश्यक स्याहार नपाएको देखिन्छ । वर्किङ क्लास परिवारका बच्चाहरु अति सिरियस कण्डिसनमा देखिरहरेको हुन्छु । 
प्रश्नः उमेरगत र अवस्था अनुसार कसरि उपचार हेरचाह गर्ने ?
जवाफः रुघाखोकी त सबैभन्दा बढी संक्रमण भएको बच्चा उमेरका मानिसहरुमा देखिएको छ । वयस्क मानीहरुमा यसको संक्रमण अलिकति कम भएको पाइन्छ । तर कानको समस्या बच्चामा अलिकति कम देखिएको छ । कान पाक्ने समस्याहरु बच्चाभन्दापनि वयस्क मानिसमा मैले देखेकोछु । र घाँटी दुख्ने, टन्सिल हुने समस्याहरु यस्ता समस्याहरु भने बच्चा उमेरको भन्दा वयस्कमा अलि बढी देखेको छु । घाँटी दुख्यो कि उनीहले टन्सिल भनेर औषधि दिन्छन् । प्रत्येक घाँटी दुखाई टन्सिल होइन । फ्यारेनजाइटिक्स पनि हुन्छ । यो तीन, चार प्रकारको हुन्छ । यो ब्याटेरियल हुन्छ, भाइरल हुन्छ । टन्सिल भनेको जहिले पनि ब्याक्टेरियल नै हुन्छ । तयसमा किटाणुको संक्रमण हुन्छ नै । त्यसमा हामीले एन्टिबायोटिक दिनैपर्छ । तर फ्यारेनजाइटिक्समा हामीले मनतातो पिउने र धुवाँधुलोबाट एकदुई दिन बँचेर बस्यो भनेपनि निको हुन्छ । टन्सिल भएको थाहा पाउने कारण के हो भने थुक निल्ने बेला पनि दुख्छ । अनि त्यसमा ज्वरो हुन्छ । अनि जिब्रो भित्रपट्टिको डल्लाहरु सुन्निएर रातो भएको देखिन्छ । तर यहाँ त घाँटी दुखेर मेडिकल गयो कि औषधि चलाईदिहाल्छ । त्यो औषधिले रोग त निम्त्याउँदैन । तर सामान्य रोगको लागि कडा एन्टीबायोटिक दियो भने भोलि त्यो मान्छेलाई निमोनिया होला । किड्नीको इन्फेक्सन होला । यस्तो बेला समस्या आउन सक्छ । पछि सामान्य बिराममा दिएको एन्टिबायोटिकले काम नगर्ने अवस्था आउँछ । यसको रोकथामको लागि सरकार पनि मिले जथाभावी रुपमा एन्टीबायोटिक चलाउने प्रवृत्ति कोक्न पाए रामो हुन्थ्यो जस्तो लाग्छ । यसको लागि सरकारले ऐन र कानून नै बनाएको छ । त्यो कानून कार्यानवयन भएको अवस्थामा एकदमै सहज हुन्थ्यो । त्यसमा हामी एकदम खुशी हुन्थ्यौं । किनभने हामीकहाँ यसका वास्तविक बिरामीहरु आउछन् । अहिले बिरामीहरु मेडिकल गएर एक चरणको औषधि खाएर हाम्रो मा आउने समस्या देखिएको छ । यो एउटा ठूलो समस्या हो । यसलाई सरकारले रोक्न सक्यो भने त फस्र्ट स्टेजमै हामीले बिरामीलाई भेट्न पाउँछौं । अहिले त दुई चोटी औषधि खाएर तेस्रो पटक औषधि खाने बेला बिरामी हाम्रोमा आउने गर्नुभएको छ । त्यसमा दिने औषधि हामी कहाँ हुँदैन । उनीहरुले पहिले नै खाइसकेको हुन्छ । यसका लािग सरकारले नियम त ल्याएको छ तर लागू गर्न सकेको छैन । बिरामीले पनि रोगअनुसारको औषधि पाउने भयो । उसको खर्च पनि कम हुने भयो । सबैभन्दा महत्वपूर्ण उसले खोजेको उपचार पाउने भयो । व्यापारको लागि भनेर औषधि बेचबिखन हुँदैन ।
प्रश्नः विशेषज्ञ चिकित्सकको नाताले के सन्देश दिन चाहनुहुन्छ ?
अन्तिममा सबै नागरिकलाई मेरो सन्देश के छ भने तपाईहरु नाक, कान, घाँटीलाई हेलचेक्र्याँई नगर्नुहोला । यी अंगमा हुने संक्रमणलाई सामान्य रुपमा नलिनुहोला । यसमा हुने संक्रमणले कहिले कहीँ जटिल समस्याहरु पनि सिर्जना हुन सक्छन् । नाक, कान घाँटीलाई मान्छेले केहिले पनि ठूलो रोगको रुपमा लिँदैन । तर यदि यही नाक, कान घाँटीको इन्फेक्सन फैलियो भने टाउको मा जानसक्छ । यसले ठूलो समसया निम्त्याउन सक्छ । कानमा पाकेको पिप टाउकोमा गएर त्यसमा इन्फेक्न गर्नसक्छ । अनि टन्सिल भएर छाती र मुटुमा असर गर्नसक्छ । त्यसैले नाक, कान घाँटीलाई सामान्य रुपमा नलिन म सबैलाई आग्रह गर्न चाहन्छु । समस्या भएको खण्डमा चिकित्सकको सल्लाह लिनुहोला । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू–टावरको उद्घाटन गरिँदै

Next Post

जनकपुरसँग लुम्बिनी स्तब्ध, लगातार चौंथो हार

Next Post

जनकपुरसँग लुम्बिनी स्तब्ध, लगातार चौंथो हार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन