• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संसदले गर्ने निर्णय कार्यान्वयन गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन सकेनः अध्यक्ष दाहाल

नीतिप्रेस by नीतिप्रेस
December 8, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदले गरेका काम र निर्णयहरु व्यवहारमा लागू गर्न नसक्दा संसद सेवा प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ ।


आईतवार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद, सरकार र सरकारी संयन्त्रहरुले जनता राष्ट्रको हित हुनेगरी निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको कारणले संसदको भुमिका प्रभावकारी हुन नसकेको बताउनुभएको हो । उहाँले संसदको भुमिका प्रभावकारी बनाउन विगतमा गर्न नसकेका कामहरुको कारणसहति उजागर गर्न आवश्यक रहेको बताउनु भयो । निर्णय गरिएका विषयहरु मिडियामा प्रचारबाजी गर्नुभन्दा व्यवहारमा लागू गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 
उहाँले भन्नुभयो, ‘सदको बैठक बस्दा हामीले निर्णयहरु नराम्रा हामीले गर्दैनौं । कम्तिमा पनि जनाता र देशको हित हुने ढंगले नै हामीले निर्णयहरु गरिरहेका हुन्छौं । नराम्रो निर्णय त हामी गर्दै गर्दैनौं । कति राम्रो गर्छौं त्यो आफ्नो ठाउँमा छ । अनि मिडियाको अगाडि आज हामीले यो निर्णय गर्यौं भनेर नि भन्छौं । मदेखि हामी सबैहरु आफूले गरेको निर्णय मैले आज यति निर्णय गर्नसके यति निर्णय कार्यान्वयन भएका छैनन् भनेर चाहीँ भन्न सक्दैनौं । संसद प्रभावकारी रुपमा सञ्चालन नहुनुको प्रमुख समस्या यो पनि हो जस्तो मलाई लाग्छ । संसदलाई प्रभावकारी बनाउन गर्नुपर्ने आवश्यक कामहरु हामीले उजागर गर्न नसकेका कामहरु उजागर गरे मात्र सक्छौं । निर्णय गरिएका कुरालाई प्रचारमा लाने कुरालाई भन्दा निर्णय गरेका कुरा व्यवहारमा लागू गर्न नसकेको कारणसहित गर्न नसकेका आँट र हिम्मत हामी सबैमा हुनुपर्दछ भन्ने मलाई लाग्छ । यसो गर्न सकेमात्र संसद संसदको भुमिकालाई प्रभावकारी बनाउन सकिन्छ ।’


उहाँले संसद चलाउने क्रममा भएका गल्तिहरु सबैले स्वीकार गर्दै भविष्यमा त्यस्ता गल्तिहरु नदोहा¥याउने प्रतिवद्धता गर्न आवश्यक रहेको बताउनु भयो । 
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सांसदहरुलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सांसदहरुसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हिसावले जनातासँग जोडिएको उल्लेख गर्दै विकास निर्माणसँगै कानून निर्माणमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । अधिकांश सांसदहरु कानून निर्माणभन्दा विकास निर्माणका काममा सक्रियता देखाइरहेको उल्लेख गर्दै उहाँले सिद्धान्ततः कानून निर्माणमै जोड दिन आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो, ‘यो संसद सेवामा कार्यपालिका र मन्त्रालयको जस्तो कर्मचारीको कामले पुग्दैन । यो सेवा प्रत्यक्ष जनातासँग जोडिएको जस्तो पनि नदेखिने तर यहाँ सबै सांसदहरुसँगै संसद सेवाले काम गर्नुपर्ने भएको हुनाले अप्रत्यक्ष हिसाबले हामी फेरि जनतासँगै जोडिएका छौं । अहिले जसरि सांसदहरुलाई विकास निर्माणमा केन्द्रित गर्ने कि विधेयक निर्माणमा भन्ने बहस बनेको छ । यसको सैद्धान्तिक पक्ष के हो भन्ने कुरा महत्वपूर्ण पक्ष हो । जनप्रतिनिधिले जितेको क्षेत्रका जनतासँग धेरै प्रतिबद्धताहर गरेर आएको हुन्छ । विकास निर्माणमा नजोडिने कुरा त हुँदै हुँदैन । तर सिद्धान्ततः हामी कानून निर्माण गर्छौं । कानून निर्माणमा पनि सांसदहरु कति स्वायत्त हुन्छन् भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।  निर्वाचित भइसकेपछि निर्वाचित भएपछि म यो काम गर्छु भनेर निर्वाचनमा भाग लिएको हुन्छ । उनीहरु आएपछि हाम्रो राष्ट्रिय परिस्थिति अनुकुलताको छैन होला । तर सांसदहरु खासगरि आफ्नो नीतिअनुसार विधेयकहरु निर्माण गर्नुपर्छ । यो टेक्निकल पाटो हो । तर कुन नीतिअनुसार हामी विधेयक निर्माण गरिरहेका छौं भन्ने कुरा सांसदहरुको लागि प्रमुख कुरा हुन्छ ।’


संसद सेवा भित्रका कर्मचारीहरुले संसद बैठक चलाउने, समितिका बैठकहरु सञ्चालन गर्ने र आर्थिक प्रशासनिक कामहरु गर्ने भएका कारण संसद प्रभावकारी बनाउन उनीहरुको भुमिका महत्वपूर्ण रहेको घिमिरेको भनाइ छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

१८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद चलाउनुपर्ने बाध्यता छः सभामुख

Next Post

खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने

Next Post

खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन