• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गाजा—इजरायल युद्धको १४ महिनापछि बाबुरामः २१ औं शताब्दीमा यति क्रुर नरसंहार हुनु लज्जाको विषय

नीतिप्रेस by नीतिप्रेस
December 9, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।


सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको आरोप लगाउनु भयो । उहाँले प्यालेस्टाइनी जनताको मुक्तिको लागि आवाज आफूहरुले आवाज उठाएको बताउनु भयो । उहाँले अहिले इजरायल राज्य वास्तवमा प्यालेस्टाइन राज्य भएको भन्दै सम्झौता गरेर दुई भागमा विभाजित गरेपछि पनि एकअर्कालाई नस्वीकार्ने कुरा गम्भीर रहेको बताउनु भयो । संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल तटस्थ बस्नु गलत भएको र नेपालले सत्य र न्यायको पक्षमा मतदान गर्नुपर्ने बताउनु भयो । उहाँले सत्य र न्यायको पक्षमा बोल्न नसक्ने कुराले मानव हुनुको अर्थ नराख्ने र नेपाल्ी हुनुको अर्थ नहुने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘२१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको छ । अस्पतालमा बम वर्षाएको छ । स्कुलमा बम वर्षाएको छ । गाजा क्षेत्रमा त्यहाँका प्यालेस्टाइनी नागरिकहरुलाई नरसंहार गरेर त्यो क्षेत्र नै खालि गर्ने ढंगले अघि बढ्ने गरेर गएको छ । यति क्रुर नरसंहार २१ औं शताब्दीमा हुनु सबैको निम्ति लज्जाको विषय हो । हामी थोरै भएपनि जिउँदा मान्छे नेपालमा अझै रहेछौँ । हामी सत्य र न्यायको पक्षमा बोल्न डराइरहेका छाँै । नेपाल राज्य शान्तिको पक्षमा सधैँ उभिँदै आएको छ । हामीले सधैँ प्यालेस्टाइनी जनताको मुक्तिको लागि आवाज उठाइरहेका छौँ । जहाँ अहिले इजरायल छ, त्यो वास्तवमा प्यालेस्टाइन हो । प्यालेस्टाइन जनताको आदिभूमि हो । त्यहाँ विभिन्न पुँजीवादी शक्तिका हर्कतहरुले यहुदी राज्य खडा गरियो, अर्काको जमिनमा लगेर इजरायल नाको देश खडा गरेर प्यालेस्टाइनीलाई बेदखाल गर्ने काम गरेका छन् । त्यो अन्यायपूर्ण छ । दुई राज्य बनाऔँ, यहुदीको लागि इजरालय र मुस्लिम र आदिवासीको लागि प्यालेस्टाइन भनेर दुई राज्य बनाउने जुन सहमति भएको थियो, त्यसको पालना गर्नुको साटो अब उल्टै प्यालेस्टाइनलाई नै मार्ने प्रयत्न भइरहेको छ, यो भन्दा निकृष्ट अपराध अरु केही हुन सक्दैन । त्यसको बिरुद्धमा आवाज शुरुवात गरेका छौँ । यसमा दृढतापूर्वक उभिनुपर्छ । सरकार किन बोल्दैन । संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल न्युट्रल बस्यो । हाम्रो सरकारको प्रतिनिधि मौन भएर बसे । हामी सत्य र न्यायको पक्षमा उभिन सक्दैनौँ भने मानव हुनुको के अर्थ हुन्छ, नेपाली हुनुको के अर्थ हुन्छ । त्यसैले म नेपाल सरकारलाई पनि गम्भीर हुन आग्रह गर्दछु ।’


अध्यक्ष भट्टराईले सत्य र न्यायको पक्षमा बोल्न डराउनु नहुने बताउनु भयो । गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमवार (आज) बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान शुरु गरेका हुन् । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

इजरायलले प्यालेस्टाइनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँः अध्यक्ष दाहाल

Next Post

इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्

Next Post

इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन