• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एनपिएलः रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

नीतिप्रेस by नीतिप्रेस
December 10, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

कप्तान रोहित पौडेलको अल राउण्ड प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित हात पारेको छ । पाँचौं खेलमा पहिलो जित निकालेको लुम्बिनीले प्ले अफमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । 
जितको लागि १६८ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो । चितवन शुरूवातमा नै दबाबमा प¥यो । जब १६ रन मात्र बनाउँदा ३ विकेट गुमायो । विपिन रावल ५ रनमा आउट भए । यसपछि कप्तान रोहित पौडेलले सन्तोष कार्कीलाई १० रनमा र सोहेल तनवीरलाई १ रनमा पबिलियनको बाटो देखाइदिए । लुक बेन्केनस्टेन ३१ रनमा आउट भए । लगत्तै रोहितले रवि बोपरालाई विवेक यादवद्वारा क्याच आउट गरे । रोहितले यसपछि जान निकोललाई पनि मात्र ६ रनमा आउट गरे । यतिखेर चितवनले ६ विकेट गुमाउँदै ७९ रन मात्र बनाएको थियो । अमर राउटेला ६ रनमा र यसपछि कप्तान कुशल मल्ल पनि २० रनमा आउट भएसँगै चितवनको हार लगभग निश्चित भयो ।  यसपछि नर सार्कीले अविजित २२ र रिजन ढकालले अविजित १५ रन बनाएपनि चितवन १३४ रनमा समेटियो । 
बलिङमा रोहित पौडेलले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिए । 
पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । खराब शुरूवात गरेको लुम्बिनीले मात्र १ रन जोड्दा दुई ओपनर गुमायो । दोस्रो ओभरमा रिजन ढकालले ओपनर आशुतोष घिरोहियालाई १ रनमा र उन्मुक्त चन्द ० रनमा पबिलियनको बाटो देखाइदिए । शुरूवातमा नै दुई विकेट गुमाएर दबाबामा परेको लुम्बिनीले पावर प्लेमा २ विकेटको नोक्शानीमा ३३ रन मात्र बनायो । यसपछि अर्जुन साउद १५ रनमा र टम मोर्स १० रनमा आउट भए । यतिखेर लुम्बिनीले चार विकेटको नोक्शानीमा ४९ रन जोडेको थियो । संघर्ष गरेको लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सुझबुझपूर्ण ब्याटिङ गरे । रोहित र साद बिन जाफरले पाँचौं विकेटको लागि शतकीय साझेदारी गरे । उनीहरूले ११४ रनको साझेदारी गर्दा दुवैले अर्धशतकीय पारी खेले । रोहितले ४२ बलमा अर्धशतक पूरा गरे । उनले ५७ बलको सामना गर्दै ६ चौका र ५ छक्कासहित ८० रनको उत्कृष्ट पारी खेले । सादले ३५ बल खेलेर ४ चौका र १ छक्कासहित ५२ रन बनाए । बलिङमा रिजन ढकालले सर्वाधिक ३ विकेट लिए । 
पाँच खेलमा चितवनको यो दोस्रो हार हो । उसँग ६ अंक रहेको छ । पाँचौ खेलमा पहिलो जित निकालेको लुम्बिनीले अंकको खाता खोलेको छ । पाँच खेलबाट २ अंक जोड्दै लुम्बिनीले प्ले अफको झिनो संभावनालाई कायमै राखेको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

युवालाई खेलप्रति आकर्षित गर्न आवश्यकः सभामुख घिमिरे

Next Post

पूर्वगृहमन्त्री लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग

Next Post

पूर्वगृहमन्त्री लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन