• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘अपाङ्ता भएका व्यक्तिहरुका अधिकारमा राजनीतिक उदासिनता देखाइयो’

नीतिप्रेस by नीतिप्रेस
December 10, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “4”]

सांसद एवम अधिकारकर्मीहरुले अपाङ्ता भएका व्यक्तिहरुको लागि कानूनी तथा नीतिगत सुधारका आवश्यकता औलाएका छन् ।

मंगलबार काठमाडौंमा अपाङ्ता भएका व्यक्तिहरुको राजनीतिक अधिकारका सवालमा सांसदहरुसँगको छलफलमा उनीहरुले संविधानले दिएको अधिकारलाई कानुनी र नीतिगत रुपमा प्रशस्त काम गर्नुपर्ने धारणा राखेका हुन् । उनीहरुले संविधानमा भएका व्यवस्थालाई कानुन बनाउँदा राजनीतिक उदासिनता देखाइएको आरोप लगाए ।

छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

संविधान सभामा विषयहरु लडेर स्थापित गराएको बताउँदै अपाङ्ग भनेको जुनसुकै पार्टी, वर्ग र धर्मको हुनसक्ने भएकाले हामीले पहिलो प्राथमिकतामा राख्नुपर्ने औंल्याए ।

‘मुलुकमा संविधान अनुसार प्रतिनिधित्व गराउने सवालमा हामी नै लड्ने हो । कुनै बेला जाति र पार्टीभन्दा माथि उठेर काम गर्नुपर्छ । कहिलेकाहीं आफ्ना नाता र दाताहरुलाई प्रशय दिने अरुलाई साथ नदिने प्रवृत्तिले काम गरिरहेकाले त्यसतर्फ ध्यान दिनु जरुरी छ,’उनले अगाडि भने,‘जनप्रिय भन्दा धनप्रियलाई प्रशय दिने नीतिले गर्दा अपाङ्ग भएका व्यक्तिहरु पछि परेका छन् । यसमा सबैले सुधार गरेर जानुपर्छ ।’

कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले संविधान अनुसार बनेका ऐन, कानून कार्यान्वयन प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन । ‘कानुनमा गर्नुपर्ने संशोधनहरुको विषय, निर्वाचन र दलहरुसँग सम्बन्धी ऐनमा गरिनुपर्ने सुधारका सवालमा समितिमा छलफल गरेरै अघि बढ्नेछौं,’सुवेदीले भनिन्,‘समिति र संसदमा छलफल गर्दैगर्दा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गर्न र बढीभन्दा बढी अपाङ्मैत्रि कानुन सबैको ध्यान जानु जरुरी छ ।’

यस्तै कानून, न्याय तथा मानव अधिकार समितिका सदस्य रन्जु कुमारी झाले

कानुन बनाउने व्यक्ति अपाङ् भएपनि वा राम्रो भएपनि, अपाङ्हरुको सहभागिता भएपनि वा नभएपनि दिमागमा उनीहरुका लागि पनि कानून हुनुपर्छ भनेर सोच्नुपर्ने बताइन् ।

‘निर्वाचन ऐन आउँदैछ । त्यसमा अपाङ्हरुको अधिकार सुनिश्चित गराउनुपर्छ, दलहरुभित्र अपाङ्गहरुको अधिकार सुनिश्चित गराउनुपर्छ । संविधान संशोधनतिर नजाउ तर ऐनमा संशोधन गर्ने अधिकार क्षेत्रभित्र पर्ने भएकाले यसमा काम गर्नुपर्छ,’उनले भनिन् ।  झाले व्यक्तिको सोच परिवर्तन गर्नुपर्ने र सही व्यक्ति सही ठाँउमा पुग्नुपर्ने धारणा राखिन् ।

सांसद डा. चन्दा कार्कीले जुनसुकै कानुन बनाउँदा सांसदहरु आफूलाई सम्हाल्दै र सुधार गर्दै जानुपर्ने बताइन । उनले नेपालमा फरक सक्षमता भएका नागरिकहरुको राजनीतिक, कानूनी, अधिकार अन्तराष्ट्रिय सन्धिले सुनिश्चित गरेको हुनाले विभेद गर्न नपाइने बताए ।

‘अपाङ्गता भएका व्यक्तिहरुका सवालमा सरकारले सांसदलाई मात्र होइन सरकारमा भएकाहरुलाई पनि राम्रैसँग घचघचाउनुपर्छ । बानी बिग्रिएको छ, यसलाई धेरै सुधार गर्नुपर्ने छ । हाम्रो काम एकातिर कर्तव्य अर्को तिर भएको छ,’उनले भनिन् ।

पूर्वमन्त्री बुद्धिमान तामाङले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । उनले राजनीतिक अधिकार प्रदान गरिएपनि समाज परिवर्तन नभएसम्म अधिकार स्थापित गराउन समस्या पर्ने जिकिर गरे ।

कार्यक्रममा अपाङ्गता अधिकारकर्मी माधव प्रसाद चम्लागाईले जनसंख्याको आधारमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताए । उनले पालिका परिषदमा अनिवार्य सहभागिताको व्यवस्था हुनुपर्ने धारणा राखे ।

वागमती प्रदेश सांसद लक्ष्मी घिमिरेले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सुनिश्चितता आवश्यक रहेको औंल्याउँदै कानुनमा प्रशस्त सुधार गर्न सुझाव दिइन । अभियन्ता देवु घिमिरेले संविधानमा अपाङ्गता र अल्पसंख्यकको विषय बाझिएको उल्लेख गर्दै समूदायलाई बन्द खाममा राखिएको आरोप लगाइन ।

डिसाविलिटी राइट्स फन्टको सहयोगमा मेरुदण्ड पक्षघात समूह नेपाल, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल र अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्दति केन्द्र काठमाडौंले आयोजना गरेको छलफलमा उपप्राध्यापक प्रतिमा गुरुङले कार्यपत्र प्रश्तुत गरेकी थिइन ।

[adrotate banner= “3”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

पूर्वगृहमन्त्री लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग

Next Post

क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत

Next Post

क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन