• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एनपिएलः जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित

नीतिप्रेस by नीतिप्रेस
December 11, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई जारी लिगमै सबैभन्दा कम योगफलमा रोक्दै सुदूरपश्चिम रोयल्सले चौथो जित निकालेको छ । 
१२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा समेटियो । सुदूरपश्चिमले भने पाँचौँ खेलमा ७२ रनको जित निकालेको हो । साथै सुदूरपश्चिम जनकपुरको अपराजित यात्रा तोड्दै पहिलो पराजय चखाउन सफल रह्यो । यस जितसँगै सुदूरपश्चिम नेट रन रेटका आधारमा अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । जितको लागि १२४ रनको सहज विजय लक्ष्य पछ्याएको जनकपुर १३ ओभरको पहिलो बलमा नै ५१ रनमा अल आउट भयो । यो एनपिएलमा अहिलेसम्मकै कम योगफल हो । यसअघि चितवनले पोखरालाई ७४ रनमा समेटेको थियो । जारी लिगमा शानदार प्रदर्शन गरेको जनकपुरले १२४ रनको लक्ष्य सहजै पूरा गर्ने अनुमानलाई सुदूरपश्चिमका बलरले गलत तुल्याइदिए । पहिलोदेखि छेटौं क्रमका कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन् । ६ विकेट गुमाउँदा ३७ रन बनाएसँगै जनकपुरको हार निश्चित जस्तै बनेको थियो । लगातार विकेट गएपछि कुनैपनि खेलाडीले टिकेर खेल्न सकेनन् । सहज लक्ष्य हुँदा समेत जनकपुरले निराशाजनक प्रदर्शन ग¥यो । जोसुवा ट्रम्पले १३ रन बनाए । यसबाहेक कसैले पनि दोहोरो रन जोड्न सकेनन् । बलिङमा हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डेले समान २÷२ विकेट लिए । 
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा संघर्ष गर्दै ९ विकेटको नोक्शानीमा मात्र १२३ रनको कम योगफल तयार पा¥यो । सुदूरपश्चिमले शुरूवात राम्रो ग¥यो । पावर प्लेमा बिना विकेटको नोक्शानीमा ४२ रन बनाएको थियो । सेफ जेब र विनोद भण्डारीले पहिलो विकेटको लागि ५५ रनको साझेदारी गरे । सेफ २१ रनमा आउट भएपछि सुदूरको विकेट पतन हुने क्रम रोकिएन । बाँकी ६८ रन जोड्ने क्रममा सबै विकेट गुमाउन पुग्यो । हर्मित सिंह १ रनमा र ओपनर विनोद ३३ रनाम आउट भए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्कासहित टिमको लागि सर्वाधिक ३३ रन बनाए । भरपर्दा ब्याटर तथा कप्तान दीपेन्द्रसिंह ऐेरी रनको खाता नखोली आउट हुँदा सुदूर थप दबाबमा प¥यो । ४ विकेटको नोक्शानीमा सुदूरले मात्र ७६ रन बनायो । दीपेन्द्रलाई पछ्याउँदै ब्रान्डन मकमलेन पनि ११ रनमा आउट भए । यसपछि १८ औं ओभरमा किशोर महतोले सानदार बलिङ गरे । यो ओभरमा उनले आरिफ शेख,ईशान पाण्डे र स्कट कुगेलिनलाई आउट गरे । आरिफ र स्कटले दोहोरो रन समेत छुन सकेनन् भने ईशान १७ रनमा समेटिए । सुदूरका मात्र चार खेलाडीले दोहोरो रन बनाए । बलिङमा किशोर महतोले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यसैगरी शेर मल्ल र अरनिको यादवले समान २÷२ विकेट लिए ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

प्रमुख सूचना आयुक्त र आयुक्तहरुद्वारा शपथ ग्रहण

Next Post

दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

Next Post

दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन