Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न आवश्यकः विज्ञहरु

नीतिप्रेस by नीतिप्रेस
December 12, 2024
in नेपाली समाचार आजको, समाचार
0
सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न आवश्यकः विज्ञहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सामुदायिक विद्यालयहरुलाई मापदण्डमा ल्याउन आवश्यक रहेको विज्ञहरुले बताउनु भएको छ । 
बुधवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै शिक्षाविद्हरुले यस्तो बताउनु भएको हो । बैठकमा बोल्दै शिक्षाविद् डा.ब्रजेश पन्तले गुणात्कम शिक्षा नभईकन राज्यको विकास हुन नसक्ने भन्दै सामुदायिक विद्यालयहरुलाई मापदण्डमा ल्याउँदै शिक्षकहरुको क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । प्रत्येक सामुदायिक विद्यालयका शिक्षकहरुलाई समय समयमा तालिम दिनुपर्ने उल्लेख गर्दै त्यसका लागि शिक्षा मन्त्रालयले बजेटको प्रबन्ध गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘गुणात्मक शिक्षा नभईकन कुनैपनि देश माथि जान सकेको छैन । गुणात्मक शिक्षामा हामी धेरै नै पछाडि परेका छौं । यसका लागि टिचर टे«निङमा जानुपर्दछ । हामीले यसरी गरेको प्रयासमा केही स्थानीय तहहरुले इन्ट्रेस्ट पनि देखाउनुभएको छ । उहाँहरु अगाडी बढ्न चाहनुहुन्छ । यसमा हामले शिक्षकलाई विश्वविद्यालयको तर्फबाट तालिम दिने कुराहरु गर्नुपर्दछ । मन्त्रालयले अन्य व्यवस्थापन र बजेटको व्यवस्थापन गरिदिनुपर्छ । सबैसँग समन्वय गरेर यि कामहरु गर्न आवश्यक छ ।’


बैठकमा बोल्दै त्रिभूवन विश्वविद्यालयका प्राध्यापक डा. टंकलाल धमलाले सरकारी विद्यालयलाई दरिलो मापदण्डमा ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारी विद्यालयलाई केही वर्षमै गुणस्तरीय सेवा प्रदान गर्ने संस्थाको रुपमा विकास गर्नेगरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारी विद्यालयले गुणस्तरीय शिक्षा दिन सकेको अवस्थामा निजी विद्यालयहरु आफैं बिस्थापित हुँदै जाने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले सरकारी स्कुलमा ध्यान दिनुपर्छ । सरकारी स्कुललाई एकदमै दरिलो र मापदण्डमा ल्याउन आवश्यक छ । कुनैपनि हालतमा मापदण्डमा ल्याउनुपर्छ । शिक्षा नबनेसम्म राज्य पनि बन्दैन । त्यसैले राज्य बनाउनुछ भने शिक्षामा लगानी गर्नुपर्छ । सरकारी स्कुललाई केही वर्षमा गुणस्तरीय शिक्षा सेवा प्रदान गर्ने संस्थाको रुपमा विकास गर्नुपर्छ । यस्तो गर्न सकिएको खण्डमा निजी स्कुलहरु आफैँ कोल्याप्स हुन्छन् । यदि हाम्रा सरकारी स्कुलहरु राम्रो क्वालिटीमा छ भने विद्यार्थीहरु निजी छोडेर सरकारी स्कुलमा गइहाल्छन् नि । निजी स्कुलको राम्रो क्वालिटी र सरकारी स्कलुको नराम्रो भन्ने होइन । नम्बर ल्याउँदैमा गुणस्तरीय भन्न मिल्दैन ।’


बैठकमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष एवं शिक्षाविद् महाश्रम शर्माले शैक्षिक गुणस्तर सुधार गर्नको लागि शिक्षकलाई कसको अधिनमा राख्ने भन्ने विषय टुंग्याउनुपर्ने बताउनु भयो । उहाँले शिक्षकहरु संघीय सरकार मातहत रहेकाले प्रदेश र स्थानीय तहहरुमा सरुवा प्रक्रिया झन्झटिलो भइरहेको बताउनु भयो । उहाँले शिक्षकलाई कुन सरकारी निकायले नियुक्ति दिने र कसको मातहत रहने भन्ने विषय सबैभन्दा महत्वपूर्ण रहेको बताउनु भयो । शिक्षकलाई कुन निकायले कहाँसम्म सरुवा गर्ने ? भन्नेबारे स्पष्ट हुनुपर्नेमा उहाँको जोड थियो । 
उहाँले भन्नुभयो, ‘शिक्षक कसका हुन् भन्ने प्रश्नहरु उठिरहेका हुन्छन् । अहिले शिक्षक संघीय सरकारका हुन् भनिएको छ । संघीय सरकारका शिक्षक भएको कारणले स्थानीय प्रदेश सरकारमा कुराहरु नमिलिरहेको अवस्था छ । त्यसैले हामीले शिक्षक कसका हुन् भन्ने कुरालाई क्लियर गर्न अवश्यक छ । शिक्षकलाई कहाँसम्म सरुवा गर्ने ? स्थानीय तहका हुन् कि प्रदेशका हुन् कि संघका भएभने एउटा पालिकाबाट अर्को पालिका पठाउन सक्यो तर स्थानीय तहका शिक्षक हुन् भने स्थानीय तहभित्रै रहने भयो । शिक्षक स्थानीय तहबाट नियुक्ति हुने कि प्रदेशबाट अथवा संघबाट यो सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसकारण शिक्षक कसको हो भन्ने कुरा क्लियर गरेर मात्रै सरुवा मापदण्ड बनाउन र हेर्न सकिन्छ । सबैभन्दा पहिले यो कुरालाई क्लियर गर्न आवश्यक छ ।’


समितिमा सहभागी अधिकांश विज्ञहरुले सार्वजनिक शिक्षामा गुणस्तर वृद्धि गर्नको लागि सामुदायिक विद्यालयहरुलाई राजनीतिबाट मुक्त गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

आज संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै

Next Post

जनसंख्या प्राथमितामा मात्र नभइ प्रमुख प्राथमिकतामा पर्नुपर्छ : मन्त्री पौडेल

Next Post
जनसंख्या प्राथमितामा मात्र नभइ प्रमुख प्राथमिकतामा पर्नुपर्छ : मन्त्री पौडेल

जनसंख्या प्राथमितामा मात्र नभइ प्रमुख प्राथमिकतामा पर्नुपर्छ : मन्त्री पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन