• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्रै कारबाही हुनेगरी बनाइएको विधेयक पास गर्न दिइएनः प्रधानमन्त्री ओली

नीतिप्रेस by नीतिप्रेस
December 15, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताउनुभएको छ ।


आईतवार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा  पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाइए पनि ऐन पास गर्न नदिइएको बताउनुभएको हो । उहाँले भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने  भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा जननिर्वाचित प्रतिनिधिहरुबाट अस्वीकार भएको बताउनु भयो । उहाँले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भ्रष्टाचारको मुद्दामा अब उजुरी अल्झाएर ५० सौँ वर्षसम्म पनि मुद्दा चलाउन नपर्ने गरी विधेयक बनाइएको बताउनु भयो । भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुुनपर्ने बताउनु भयो । कथं कदाचित ढिलो भएपनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्ने र लम्ब्याएर त्यत्तिकै छोडिदिन नपाइने व्यवस्था राखिनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अस्ति ऐन एउटा हामीले बिगारेरै पास गर्नुप¥यो । के बिगार्नुप¥यो भने भ्रष्टाचारमा उजुरी परेको कहिलेसम्ममा कारबाही चलाउनैपर्ने भन्ने केही छैन । अहिले पनि १०÷१५÷२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै छन् । त्यसकारण हामीले के भन्यौँ भने १५÷२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै राखेर बस्न पाइँदैन । भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाई पाएको छ, न कारबाही भएको छ । यस्तो हुनु हुँदैन । त्यसकारण ढिलोमा पनि ५ वर्षभित्र भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही भएकै हुनुपर्छ भनेर, त्यसको छिनोफानो भएकै हुनुपर्छ भनेर हामीले कुरा ग¥यौँ । ५ वर्षमा पनि कारबाही नचलाउने, ए पाँच वर्ष छोडिदिने भनेर कुरा गरे । छोड्ने भनेको छैन, ५ वर्षभित्र कमसे कम कारबाही टुंग्याएको हुनुपर्छ । चलाएको हुनुपर्छ, हामीले त्यो भनेको हो । ५ वर्ष भन्यो भनेर त्यो हटाउन बाध्य बनाए । अब जहिले मुद्दा उजुरी परेको २० वर्ष ५० वर्षपछि जहिले हेरेपनि हुन्छ, नहेरेपनि हुन्छ । किनभने जनताले त्यही भन्यो, लहैलहै त्यही चल्यो, हुइँया त्यही मच्चियो । हामीले त्यही पास गरिदियौँ । ५ वर्षसम्म पनि कारबाही नगर्ने, हल्लै हल्लाहको देश भएपछि । हल्लै हल्लामा चलेपछि । के गर्ने ? ५ वर्ष हटाउ । उजुरी परेपछि तत्काल कारबाही गर्नुपर्दछ । कथं कदाचित ढिलो भएपनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्छ । त्यसलाई लम्ब्याएर त्यत्तिकै छोडिदिन पाइँदैन ।’


प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्नका लागि पनि हल्ला चलाइने गरेको भन्दै सचेत रहनुपर्ने बताउनु भयो । सरकार देशमा सुशासन कायम गर्ने, विकासको बाटोमा लैजाने दिशामा अघि बढिरहेको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

संस्कृतिको जगेर्ना फुटेर होइन, जुटेर गरौँः उपप्रमुख डंगोल

Next Post

तीन खेलमा जित नजिक पुगेर खेल गुमाउँदा फरक नतिजा आयो– विराटनगरका प्रशिक्षक केभिन

Next Post

तीन खेलमा जित नजिक पुगेर खेल गुमाउँदा फरक नतिजा आयो– विराटनगरका प्रशिक्षक केभिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन