Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पुस ५ देखि काठमाडौंमा नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

नीतिप्रेस by नीतिप्रेस
December 17, 2024
in नेपाली समाचार आजको, समाचार
0
पुस ५ देखि काठमाडौंमा नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

पुस ५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा चौथो “नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी” तथा “नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी” हुने भएको छ ।


मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.), फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा. लि. तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) को संयोजकत्वमा पुस ५ गतेदेखि ७ सम्म औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित मेला सञ्चालन हुन लागेको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ८० भन्दा बढी नेपाली तथा विदेशी कम्पनीहरुको स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताउनु भयो । उहाँकाअनुसार नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको र यस क्षेत्रहरूबाट देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुने विश्वास प्रवन्ध निर्देशक भट्टराईको छ । स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउनसक्ने सम्भावना रहेको बताउनु भयो । नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कार, नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नविनता प्रविष्ट गराउने माध्यम बन्ने बताउनु भयो । प्रदर्शनीले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिष्पर्धात्मक रूपमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, “नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी” तथा “नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी” पुसको यही ५,६ र ७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । तयारी अन्तिम चरणमा छ । यो प्रदर्शनीमा फार्मास्युटिकल, न्युट्रास्युटिकल, डर्माटोलोजी, स्किन केयर, लगायत मेडिकल डिभाइसेस इक्वीपमेण्टहरुका कम्पनीहरुको सहभागिता रहन्छ । यसमा नेपाल, भारत, चीन लगायत युरोपियन राष्ट्रका केही कम्पनीहरु पनि आउँदैछन् । जसले नेपाललाई एउटा फार्मा सेक्टरमा उठ्दो बजारको रुपमा लिएर उहाँहरुले नेपाल बजारमा पनि आफे टेक्नोलोजीको बारेमा जानकारी गराउन चाहिराख्नुभएको छ । यो तीन दिनको प्रदर्शनीमा हाम्रो लगभग ८० वटा नेपाली तथा विदेशी स्टलहरु रहन्छ । जसले यि सबै सेक्टरका टेक्नोलोजीहरुको डेमोस्टेशन गर्नुहुन्छ । नेपालमा मेडिकल टुरिजमहरुको पनि अर्पच्युनिटी छ । नेपालमा अहिले राम्राबो हस्पिटलदेखि सबैकुरा स्टाब्लिस भइरहेका छन् । बाहिर गएर उपचार गर्ने कुरा अहिले नेपालमै उपचार भइरहेको छ । त्यो कुराहरु जानकारी गराउन पनि उचित माध्यम बन्नेछ ।’


प्रदर्शनीेले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरूसहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने आयोजकको विश्वास छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लैजाने प्रवन्ध निर्देशक भट्टराईले बताउनु भयो । अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न स्वास्थसँग सम्बन्धित उद्योग, संघसंस्था लगायत अन्य सरोकारवालाहरुलाई समेटी गोष्ठी तथा सेमिनार कार्यक्रम आयोजना हुने आयोजकले बताएको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौंः सञ्चारमन्त्री गुरुङ

Next Post

नेपाल—चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर

Next Post
नेपाल—चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर

नेपाल—चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन