• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रात्रिकालील उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछः मन्त्री पाण्डे

नीतिप्रेस by नीतिप्रेस
December 17, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3′]

सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको छ ।


सोमवार राति बुद्ध एयरले काठमाडौं—राजविराज परीक्षण उडान गरेको हो । दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान शुरु गरेको हो । परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु समेत राजविराज पुग्नुभएको थियो । रात्रिकालनि उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान शुरु गर्ने १० औं विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विमानस्थलले आर्थिक, पर्यटकीय दृष्टिकोणले पनि उज्यालो बनाउने बताउनु भयो । पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चाहेअनुसार नसकिएको भएपनि बिस्तारै अन्तर्राष्ट्रिय उडान गर्ने बताउनु भयो । कुनैपनि विमानस्थलमा सेवा बिस्तार भएसँगै सेवाग्राहीहरु आउने र अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव पर्ने बतउनु भयो । उहाँले आन्तरिक विमानस्थलहरुमा सोझै यात्रा हुने किसिमले मन्त्रालयले प्रवन्ध गर्न लागिरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘९ वटा एयरपोर्टमा यसअघि नै रात्रिकालीन उडान हुन्थ्यो । यो दशौँ एयरपोर्ट बनेको छ । अब राजविराज छायाँमा पर्नेछैन । यो अहिले देखिएको जुन उज्यालो छ । यो उज्यालोले राजविराजलाई पनि उज्यालो बनाउनेछ । यो एयरपोर्टलाई पनि उज्यालो बनाउनेछ । चलायमान बनाउनेछ । पोखरामा अन्तर्राष्ट्रिय उडान हामीले भनेको जस्तो गर्न सकेका छैनौँ । तर दुई लाख पर्यटक बढेर वर्षमा १० लाख पर्यटक पुगेको छ, पोखरामा । कुनैपनि एयरपोर्टमा स्वभाविक रुपमा सेवा बिस्तार भयो भने सेवाग्राहीहरु आउँछन् । यसले अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव रहनेछन् । आन्तरिक एयरपोर्टहरुमा सोझै यात्रा हुने खालका प्रवन्धका लागि हामी लागिरहेका छौँ ।’


कार्यक्रममा बोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले देशमा विपत्ति आएका बेला सडक सञ्जालको समस्या हुँदा प्राधिकरणको महत्व अझ बढ्ने बताउनु भयो । उहाँले राजविराज विमानस्थलले सप्तरीमा सम्भावनाको ढोका खोलेको बताउनु भयो । रात्रीकालीन उडान तथा अवतरण गर्ने सुविधा थप हुँदा आम नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘देशमा बाढी पहिरोको विपत्ति आइपरेको बेलामा नागरिक उड्डयन प्राधिकरणले आफ्ना विमानस्थलहरुमार्फत दिएको हवाई सेवाको महत्व अझ पनि बढ्ने देखिन्छ । राजविराज विमानस्थलले एउटा सम्भावनाको ढोका खोलेको छ । रात्रीकालीन उडान तथा अवतरण गर्ने सुविधा थप भएको छ । अब रात प¥यो उडान हुँदैन की भन्ने अवस्था आउनेछैन ।’


कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राजविराजमा रात्रिकालीन उडान शुरु हुनु सप्तरीवासीको लागि गौरवको क्षण भएको बताउनु भयो । रात्रिकालनि उडानलाई सफल बनाउन सबैले संघर्ष गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो हाम्रो सप्तरीको लागि निकै नै गौरवको क्षण हो । यो दिनलाई सफल बनाउनका लागि संघर्ष गर्नुहुने सम्पूर्ण नेताहरु, अग्रजहरु, क्यानका पदाधिकारी सबैलाई धन्यवाद दिन चाहन्छु । हाम्रो सपना आज साकार हुँदैछ । यहाँबाट अझ बढी फ्लाइट कसरी सञ्चालन गर्ने भन्नेकुरामा हामी सप्तरीवासी र छिमेकी जिल्लाका स्थानीयहरुले सोच्नुपर्छ ।’


अध्यक्ष राउतले राजविराज विमानस्थलबाट थप उडान गर्नका लागि सप्तरीवासीले अझ बढी पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपाल—चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर

Next Post

सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

Next Post

सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन