• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

२०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने प्रधानमन्त्रीको घोषणा

नीतिप्रेस by नीतिप्रेस
December 17, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

व्यवस्था मात्र होइन देश र जनताको अवस्था पनि परिवर्तन भएको छः प्रधानमन्त्री  
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने घोषणा गर्नुभएको छ ।


मंगलवार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बाधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो । उहाँले २०८२ सालभित्र सडक मानव र सडक बालबालिकको व्यवस्थापन गर्दै सरकारले अभिभाकत्व दिने बताउनु भयो । उहाँले सडक बालबालिकाहरुको व्यवस्थापन गर्दै उनीहरुलाई यथोचित आहार र उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । वर्तमान सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको उहाँको दाबी छ । उहाँले मानवीय वृत्तमा केही समस्याहरु रहेको उल्लेख गर्दै त्यस्ता समस्याहरुलाई शिक्षा र नविनतम प्रविधिहरुको प्रयोग गर्दै समाधान गर्ने बाटोमा सरकार रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पहिले पहिले बाढीले बगाएको खण्डमा हेर्ने कुनै सरकार हुन्थ्यो ? कसैले हेर्दैन थियो । बगायो त बगायो  । अहिलेको सरकार त अभिभावक जस्तो भएर प्रश्तुत भएको छ । अहिलेको सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार भएको छ । सक्नेले खाउ नसक्ने मर भन्ने होइन । नसक्नेका लागि सरकार छ भन्ने खालको सरकार बनेको छ अहिले । पहिलेको  लागि कर उठाउनका लागि मात्र होइन नगरपालिका र महानगरपालिकाहरु सेवा गर्नको लागि बनेका छन् । मानवीय वृतमा समस्याहरु होलान् । त्यसलाई हामी शिक्षा दिक्षाको माध्यमबाट आधुनिकिकरण र उन्नत प्रविधिको माध्यमबाट विकृतिहरुलाई हटाउने र राम्रो कल्चर स्थापना गर्दैछौं । सरकारको काम मुख्य रुपमा साशन होइन सेवा दिने हो । अभिभावकबिहिन बालबालिकाहरु खाते भएर सडकमा हिँड्न सक्दैनन् भनेर हामीले बालिकाबालिकाहरुलाई सडकमा कुकुरसँग सुत्ने र कुकुरको खोसेर खाने हुन दिँदैनौं भनेर हामीले व्यवस्था गर्न थालेका हौं । सडकमा मानव अलपत्र पर्न दिँदैन भनेर हामी जिम्मेवार भएर लाग्यौं । अब हामी २०८२ सालभित्र सडकमा बालबालिकाहरुको उद्धार गरेर व्यवस्थापन गरिसक्छौं । २०८२ सालसम्म हामी सडक मानव रहन दिँदैनौं । त्यस अवस्थालाई अन्त्य गर्छौं । बालबालिकाहरुलाई राख्ने र बचाउने मात्र होइन । तिनीहरुलाई यथोचित आहार दिएर उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बन्ने गरेर सरकारले व्यवस्था गर्छ । सबैसँग प्रतिष्पर्धा गर्ने नागरिककै रुपमा अभिभावक बिहिनलाई सरकारले अभिभाकत्व दिएर अगाडि बढाउँछ ।’


व्यवस्था बद्लिएपनि नागरिकको अवस्था बद्लिएन भन्ने गरेको भन्दै नागरिकको अवस्थामा समेत बिस्तारै सुधार भइरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षको अवधीमा नौ लाख नागरिकलाई गरिबीको रेखामुनिबाट मथि उठाएको दाबी गर्नुभयो । विकासको क्रमसँगै केही नकारात्मक प्रवृत्तिहरु देखिएपनि आम रुपमा देशको अवस्था र जनताको अवस्था पहिलाको जस्तो नभएको समेत उहाँले बताउनु भयो । उहाँले पूर्वपश्चिम राजमार्गहरु निर्माण, उद्योगहरुको स्थापना र स्थास्थ्यको क्षेत्रमा समेत उल्लेखनीय कामहरु भएको उहाँको भनाइ छ । 
उहाँले भन्नुभयो, ‘कतिपय मान्छेहरुले भन्ने गरेका छन् व्यवस्था बद्लियो अवस्था बद्लिएन भने । तर व्यवस्था पनि बद्लियो अवस्थामा पनि बद्लियो । हिजो ४० प्रतिशत जनता निरपेक्ष गरिबिको रेखामुनी जनता थिए । मैले प्रधानमन्त्रीबाट छोड्दा १७ प्रतिशतमा झारिएको थियो । नौ लाख मानिसलाई निरपेक्ष गरिबिको मुनिबाट माथि उठाइएको थियो । तीन वर्षमा यो संख्या बढेर अहिले २० प्रतिशतमा पुगेको छ ।  त्यस्ता केही नकारात्मक प्रवृत्तिहरु देखिएपनि आम रुपमा देशको अवस्था र जनताको अवस्था हिजोको जस्तो छैन । यसैगरी सवारी थिए हिजो ? थिएन नि त । झापामा म जाँदा एक जनासँग मात्र जिप थियो । अहिले कति मोटरगाडी छन् भनि साध्य छैनन् । नयाँ मध्यपहाडी राजमार्गगरि तीन वटा राजमार्ग बनाएका छौं । २० दिनमा मध्पहाडी राजमार्ग कटाउन सम्भव थियो । आज चाँही भएको छ । हजारौ पुलहरु बनेका छन् । केही उद्योगहरु मासिए पनि धेरै उद्योगहरु स्थापना भएका छन् । व्यवस्था परिवर्तन भएको बेला भन्दा आज निर्यात पनि बढेको छ । अर्थतन्त्रको आकार बढेको छ । मानिसहरुको सरदर आयु ४२ वर्ष थियो । पछि ४९ वर्ष पुगेको थियो । आज सरदर आयु ७२ वर्ष पुगेको दुई वटा कुराले । एउटा मानिसमा सम्पन्नता आएको छ । खान लाउन पाएको छ । अर्को, जिविकाको लागि भारी नै बोक्नुपर्ने अवस्था एकदमै न्युन भएको छ । अर्को स्वास्थ्यपचारको राम्रो व्यवस्था भएको छ । किड्नि ट्रान्सपलान्ट गर्ने सुविधा नभएको भए मेरो अस्ति साउनमा १८ औं पुन्यतिथि भइसक्थ्यो ।’


उहाँले मुलुकमा सुशासन कायम गर्ने सवालमा सरकारले भ्रष्टचरीहरुको मुख नहेरी अपराधका आधारमा कारबाही गर्ने बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौंः मन्त्री यादव

Next Post

ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउनछौँः प्रमुख महर्जन

Next Post

ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउनछौँः प्रमुख महर्जन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन