• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग ऊर्जामन्त्रीको छलफल,प्राधिकरण र मन्त्रालयबीच टसल हुनु नकारात्मक

नीतिप्रेस by नीतिप्रेस
December 20, 2024
in नेपाली समाचार आजको, समाचार
0
विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग ऊर्जामन्त्रीको छलफल,प्राधिकरण र मन्त्रालयबीच टसल हुनु नकारात्मक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गर्नुभएको छ ।


बिहीवार मन्त्रालयमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुसँग ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्ने विषयमा छलफल गर्नुभएको हो । प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुसँगको छलफलमा मन्त्री खड्काले सुख्खा याममा भारतीय विद्युतमा भर पर्नुपर्ने कारण र समाधान, विद्युत चुहावट नियन्त्रण, विद्युत वक्यौता असुली तथा प्राधिकरणको सुधारका विषयमा राय,सुझाव लिनुभएको थियो । छलफलमा बोल्दै पूर्वकार्यकारी निर्देशक डा. मुकेशराज काफ्लेले पछिल्लो समय ऊर्जा क्षेत्रको विकासका लागि सरकारले चालेको कदम सकारात्मक रहेको बताउनु भयो । उहाँले विद्युत वक्यौताका सम्बन्धमा लाल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणले सुधार गर्नुपर्ने धेरै कुरा रहेको बताउनु भयो । उहाँले बाहिर बसेर सबैले हेर्दा ऊर्जा मन्त्रालय भर्सेस प्राधिकरणको टकराव देखिनु राम्रो नभएको बताउनु भयो । उहाँले नेपाल सरकारको शतप्रतिशत स्वामित्व भएको प्राधिकरण नेतृत्वले मन्त्रालयसँग मिडिया टायलको रुपमा लैजानु राम्रो नदेखिएको बताउनु भयो । उहाँले प्राधिकरणले गरिरहेको कामलाई ऊर्जा मन्त्रालयले सकारात्मक हस्तक्षेप गर्नु आवश्यक रहेको सुझाव दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक एक व्यक्ति विशेष भन्दा पनि समग्र प्राधिकरणलाई सुधारको लागि हस्तक्षेप गर्नु जायज भएको उल्लेख गर्नुभयो । 


पूर्वकार्यकारी निर्देशक रामेश्वर यादवले विद्युत प्राधिकरणलाई स्टोरेज आयोजनाहरु मात्रै बनाउन दिनुपर्ने सुझाव दिनुभयो । उहाँले प्राधिकरणलाई स्टोरेज आयोजनाहरुमा प्राथमिकताका साथ समयमा आयोजना सक्नेगरी लाग्न सरकारले निर्देशन दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले स्टोरेज जलविद्युत आयोजनाहरु निर्माणको लागि प्राधिकरणलाई पहिलो प्राथमिकता दिने र बाँकी निजी क्षेत्रलाई पनि दिन सुझाव दिनुभयो । उहाँले स्टोरेज आयोजनाहरु निर्माणलाई प्राथमिकता नदिए सुख्खा याममा लोडसेडिङ अन्त्य गर्न नसकिने बताउनु भयो । उहाँले ऊर्जा मन्त्रालयले हस्तक्षेपमार्फत विद्युत प्राधिकरणलाई प्रशारणलाइन,ट्रान्समिसनको काम गर्ने निकायहरु छुट्टै बनाउन सुझाव दिनुभयो । उहाँले त्यसको सम्पूर्ण अधिकार कार्यकारी निर्देशकलाई दिनुपर्ने बताउनु भयो । 


पूर्वकार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले सरकारले विद्युत प्राधिकरणलाई पुनःसंरचना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले प्राधिकरणलाई रिफर्म गर्दा जलविद्युत क्षेत्र बिग्रन्छ भन्ने नभएको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणको प्राथमिकता वितरण,ट्रान्समिसनमा दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । 


पूर्वकार्यकारी निर्देशक हितेन्द्र शाक्यले नेपाल विद्युत प्राधिकरणलाई तत्काल टुक्र्याउन नहुने बताउनु भयो । उहाँले प्रशारणलाइनमा निजी क्षेत्र प्रवेश गरेसँगै विद्युत उत्पादनमा पनि निजी क्षेत्रलाई दिएर अगाडि बढ्दा राम्रो हुने बताउनु भयो । उहाँले विद्युत प्राधिकरणको पुनःसंरचनाको विषयमा सरकारले हतार गर्न नहुने बताउनु भयो । 


छलफलमा सहभागी प्राधिकरणका पूर्वकार्यकारी निर्देशकहरुले सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य  पूरा गर्न जलाशययुक्त आयोजनामा प्राथमिकता दिन सुझाव दिएका छन् ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र

Next Post

अहिलेको न्यायपालिका पारदर्शी छः प्रधानन्यायाधीश राउत

Next Post
अहिलेको न्यायपालिका पारदर्शी छः प्रधानन्यायाधीश राउत

अहिलेको न्यायपालिका पारदर्शी छः प्रधानन्यायाधीश राउत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन