• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते

नीतिप्रेस by नीतिप्रेस
January 13, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

पोखरा ।  प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते, मंगलबार हुने भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय गरेको हो ।

स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदानसहित अन्तर्क्रिया कार्यक्रम र ‘प्रेस चौतारी पत्रकारिता सम्मान र पुरस्कार – २०८१’ अर्पण पनि गरिने सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

उपसमितिहरू गठन

अधिवेशन सम्पन्नार्थ विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । प्रतिवेदन लेखन समितिमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, सचिव रञ्जन अधिकारी र कोषाध्यक्ष गिरिधारी पोखरेल छन् ।

सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार तथा मल्टिमिडिया संयोजन समिति गठन गरिएको छ । सदस्यहरूमा समाचारतर्फ अनुप पौडेल र अनिता घिमिरे, फोटोतर्फ सन्दीप खनाल, अर्जुन गाहा मगर ‘सुशान्त’ र भिडियोतर्फ सुरेश सुनार छन् ।

यसैगरी, आर्थिक संकलन तथा जनवर्गीय संगठन समन्वय उपसमितिको संयोजकमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, सहसंयोजकमा कोषाध्यक्ष गिरीधारी पोखरेल तथा सदस्यहरूमा राजु गिरी र अनुप पौडेल छन् ।

उपाध्यक्ष बालकुमारी पौडेल ‘तारा’ को संयोजकत्वमा अतिथि निमन्त्रणा, सत्कार तथा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरूमा सचिव रञ्जन अधिकारी, सहसचिव उमा आले मगर, सचिवालय सदस्य दीपा पौडेल, सञ्जय थापा, सुरक्षा श्रेष्ठ, अमृत कुमार भट्टराई र ऋषिराम दाहाललाई चयन गरिएको छ ।

सदस्यता नविकरण, मञ्च व्यवस्थापन तथा खाना, खाजा व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष गिरीधारी पोखरेललाई दिइएको छ । रञ्जन अधिकारी, राजु गिरी र दीपक अधिकारीले सघाउनेछन् ।

प्रतिभा छनौट समिति गठन

बैठकले ‘प्रेस चौतारी पत्रकारिता सम्मान तथा पुरस्कार २०८१’ छनौटका लागि प्रतिभा छनौट समिति पनि गठन गरेको छ ।

छनौट समितिमा शान्ति गुरुङ, केशव पाठक र केशवशरण लामिछाने छन् । पदेन सदस्यहरुमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी रहनेछन् ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भइसकेका छन् ।

२०७९ बाट सुरू गरिएको पत्रकारिता सम्मान राजु भण्डारी, सावित्री खनाल, हुम तमु र मीना तमुलाई अर्पण गरिएको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।

बधाई ज्ञापन

प्रेस चौतारी कास्कीले पत्रकार महासंघ गण्डकी र कास्कीको निर्वाचनमा विजयी भएका र नेपाल सरकारबाट नियुक्त भएकाहरूलाई बधाई ज्ञापन पनि गरेको छ ।

सूचना आयुक्त दुर्गा भण्डारी, प्रेस काउन्सिल नेपाल सदस्य केशवशरण लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।

यस्तै, नेपाल पत्रकार महासंघ गण्डकीको महासचिवमा निर्वाचित प्रेस चौतारीका केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख जमुना वर्षा शर्मा, सचिवमा निर्वाचित प्रेस चौतारी गण्डकीका उपाध्यक्ष रोश्नी गुरूङ र सदस्यमा निर्वाचित विजय नेपाललाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

पत्रकार महासंघ कास्कीको अध्यक्षमा निर्वाचित निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य माधवप्रसाद बराल, उपाध्यक्षमा निर्वाचित केन्द्रीय सदस्य कञ्चन थापा कोइराला, कोषाध्यक्षमा निर्वाचित केन्द्रीय लेखा आयोग सदस्य राजाराम पौडेललाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

यसैगरी, पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्यमा निर्वाचित उपाध्यक्ष बालकुमारी पौडेल (तारा) सहित सदस्यहरू राजु गिरी, पुनम थापा मगर, अर्जुन गाहा (सुशान्त), गौरव त्रिपाठी, तुलसीराम सुवेदी, रिखिराम जिसी, सुरेश सुनारलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

केन्द्रीय परिषद् सदस्यमा निर्वाचित केन्द्रीय सदस्य आरजु विष्ट सल्यानी, प्रदेश परिषद् सदस्यमा निर्वाचित सल्लाहकारहरु केशव पाठक र राम गुरुङसहित खिमा कुमारी गुरुङ, खेम सारू मगर, गणेश कुमार श्रेष्ठ, विष्णु प्रसाद सापकोटालाई बधाई र शुभकामना व्यक्त गरेको छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक

Next Post

रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा रहने

Next Post

रवि लामिछाने कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन