• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न मस्यौदा बनिसक्योः स्वास्थ्य मन्त्रालय

नीतिप्रेस by नीतिप्रेस
January 13, 2025
in नेपाली समाचार आजको, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्ने तयारी गरेको छ ।


सोमवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले राष्ट्रिय जनसंख्या नीति परिमार्जनको लागि मस्यौदा बनिसकेको बताउनु भयो । उहाँले राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मस्यौदालाई छलफलको लागि छिट्टै संसदीय समितिमा पठाइने बताउनु भयो । उहाँले आमा सुरक्षा योजनालाई सरकारको मुख्य कामका रुपमा अघि बढाइएको बताउनु भयो ।

उहाँले आमाको दुधबाट वञ्चित बच्चाका लागि भण्डारण गरिएको दुध खुवाउन मिल्क बैंक स्थापना गरिएको समेत बताउनु भयो । उहाँले अन्य प्रादेशिक अस्पताल र निजामति अस्पतालहरुमा समेत मिल्क बैंक स्थापना गर्नेबारे राज्यले सोच्नुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य बीमामा नविकरण नभएको कारण मन्त्रालयलाई औषधि व्यवस्थापनमा समस्या भइरहेको समेत बताउनु भयो ।

उहाँले बीमामार्फत औषधि दिँदा समस्या आउने गरेको उल्लेख गर्दै नीतिगत रुपमै औषधि बिमाबाट दिने कि नदिने भन्ने विषयमा छलफल हुनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न मस्यौदा बनिसकेको छ । त्यो मस्यौदा छलफलका लागि हामीले समितिमा पनि पठाउनुपर्ने हुन्छ । हामी त्यसलाई छलफलका लागि छिट्टै समितिमा पठाउँछौं । त्यसैगरी आमा सुरक्षा कार्यक्रमलाई हामीले सरकारको मुख्य कार्यक्रममा रुपमा राखेका छौं । भने मिल्क बैंक स्थापना गरेका छौं । निजामति र प्रादेशिक अस्पतालमा बनाउन सक्ने हो भने राज्यले बोल्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले यस विषयमा केही पनि बोल्दैन ।

त्यसैगरी ऐन निर्माणका क्रममा समितिमा छलफल भएन भन्ने गुनासो आएको छ । यसमा हामी सुधार गर्छौं । स्वास्थ्य बीमामा नविकरण नभएको कारणले हामीले औषधिको राम्रोसँग व्यवस्थापन गर्न नसकेर हो । यसलाई नीतिगत रुपमै पनि औषधि बीमाबाट दिने कि नदिने भन्ने कुरामै पनि बहस हुनुपर्छ भन्ने मलाई लाग्छ । किनभने गलत औषधि नाफाको लागि प्रयोग गर्ने गरेको हामीले भेटेका छौं । मानसिक स्वास्थ्यका लागि नर्सको कमी छ । त्यसलाई व्यवस्थापन गरेर अघि बढ्नको लागि हामी लागिपरेका छौं ।’


बैठकमा सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको हो । छलफल मन्त्रालयका सचिव डा. पोखरेल देशभरको स्वास्थ्य सेवाको अवस्था सुधार्नको लागि मन्त्रालय प्रयत्नरत रहेको बताउनु भयो । 

Previous Post

कुम्भ मेला भारत

Next Post

अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नुपर्दैनः उद्योगमन्त्री भण्डारी

Next Post

अब कुनैपनि नागरिकले खाद्य अभाव झेल्नुपर्दैनः उद्योगमन्त्री भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन