• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सकियो लेखनाथ महोत्सव, नौ करोड ५० लाखको कारोबार

नीतिप्रेस by नीतिप्रेस
January 14, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित लेखनाथ महोत्सव सकिएको छ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा नौ करोड ५० लाख बढीको कारोबार भएको र तीन लाख बढी दर्शक सहभागी भएको प्रचारप्रसार संयोजक जानुका पराजुलीले जानकारी दिइन् ।

महोत्सवबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने संघले जनाएको छ ।

यस पटकको महोत्सवमा बुद्धको मूर्तिसहितको नमुना विशेष आकर्षण बन्यो । साथै मातृशक्तिको सम्मानमा आयोजित हाजिरीजवाफ प्रतियोगिताले पनि धेरैको ध्यान खिचेको मूल संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, विभिन्न जातजातिका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा÷महिला समूहको झाँकीर्याली तथा भेषभूषा प्रदर्शनीले पनि दर्शनकको ध्यान खिच्न सफल भयो ।

ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारको दैनिक प्रस्तुति, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट महोत्सवको आकर्षण थियो ।

सो अवसरमा विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्ना स्थान प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई सम्मान गरिएको थियो ।

महोत्सव समापनका अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सव सफलतापूर्वक सम्पन्न भएकामा दर्शक र आयोजकप्रति आभार प्रकट गरे ।,

महोत्सवमा राखिएको गौतम बुद्धको मूर्तिलाई उपयुक्त दुई ठाउँमध्ये एक स्थानमा व्यवस्थित गरिने उनले प्रतिवद्धता जनाए ।

मूल संयोजक श्रेष्ठले महोत्सव महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको दावी गरे । प्राकृतिक सम्पदाको संरक्षणमा जुट्न सबैमा आग्रह गर्दै उनले लेखनाथ भित्रका संघसंस्था, व्यवसायी, विभिन्न जातजाति, आमा/महिला समूह र समग्रमा लेखनाथवासीको एकताले सफलता सम्भव भएको बताए ।

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताइन् ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले महोत्सवले लेखनाथ क्षेत्रको पहिचान गरी यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको व्यापार प्रवर्द्धन भएको र आगामी दिनमा अझ पर्यटकीय स्थल र ऐतिहासिक स्थलको खोजी गर्न आग्रह गरे ।

संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी राजुले गरेका थिए ।

Previous Post

आमाको निधनपछि बच्चाको बिचल्ली

Next Post

बागलुङकी शर्मिला तीन सन्तानसहित चार दिनदेखि सम्पर्कविहीन

Next Post

बागलुङकी शर्मिला तीन सन्तानसहित चार दिनदेखि सम्पर्कविहीन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन