पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा चिसो कायमै छ । तर आज बिहानै मौसम खुलेर घाम लाग्न सुरु भएको छ ।
पोखरामा बिहान र साँझ कडा चिसो भए पनि दिउँसो भने केही कम हुनेछ । चिसो कै कारण रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।
पोखरामा आज बिहान करिब ८ः४५ बजेको तापक्रम १० डिग्री सेल्सियस छ । यो तापक्रम बढेर अधिकतम् १९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।
साथै देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशमा आज दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।






