• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-१५ मा बृहत् खेलकुद महोत्सव सुरू

नीतिप्रेस by नीतिप्रेस
January 15, 2025
in खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा वडा स्तरीय बृहत् खेलकुद महोत्सव सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने खेल महोत्सव वन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो ।

महोत्सव उल्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदले सबैलाई राष्ट्रिय एकतामा ल्याउन मद्धत गर्ने बताए ।

अन्य विषयमा मतभेद रहे पनि, फरक विचार रहे पनि खेलकुदले एकै नियममा बाँध्ने भन्दै मेयर आचार्यले खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्ने बताए ।

पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुद स्थलको अभावले आफूले यस्ता कार्यक्रम गर्न नसके पनि पोखरा-१५ सँग सहकार्यमा अघि बढ्न सक्ने बताए ।

पोखरा-१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले खेलकुद महोत्सवले आमा समूह, टोल विकास संस्था र युवा क्लब बीचमा आपसी सहयोग, चिनजान तथा भाइचाराको विकास गरेकाले यसलाई निरन्तरता दिइएको बताए ।

उनले वडाका नागरिक स्वस्थ भए घरको वातावरण स्वस्थ हुने र स्वस्थ नागरिकले समाज र राष्ट्रका लागि योगदान दिन सक्ने बताए ।

वडाध्यक्ष बानियाँले विकास सँगसँगै शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुदको आवश्यकता पर्छ भन्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए ।

वडासदस्य तथा महोत्सव संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रम महोत्सवले वडावासी नागरिकमा सामाजिक सद्भावका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउने दावी गरे ।

कार्यक्रममा वन विज्ञान क्याम्पसका प्रमुख विनोद हेजु, आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी, हिमालयन लाइफ नेपालका अध्यक्ष बुद्धिबल रम्तेल, राइट फर चिल्ड्रेनका परियोजना प्रबन्धक सन्तोष गुरूङले बोलेका थिए ।

वडा कार्यालयदेखि वन विज्ञान क्याम्पसको चौरसम्म नेपाल प्रहरीको ब्याण्डबाजासहित वडास्थित आमा समूह, विद्यार्थी, युवाले ¥याली निकालेका थिए ।

र्‍यालीमा जनजागृति महिला समूह र नेपाल भारत मैत्री विद्यालय उत्कृष्ट बन्दै पुरस्कृत भए ।

वडाध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक भण्डारीले स्वागत र वडासचिव युवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

महोत्सवको पहिलो दिन फुटबल, भलिबल र ब्याडमिन्टनका खेल सुरु भएका छन् । पुरुष फुटवलतर्फ पहिलो खेलमा गलेश्वर युवा क्लब, दोस्रो खेलमा अलकापुर विजयी बन्यो । साथै विद्यालय फुटबलमा वेलनन एकेडेमी र एसओएस बिजयी बन्यो ।

यता, पुरुष भलिबलमा तल्लो नयाँ गाउँ, आदर्श टोल विकास संस्था, चन्द्रसूर्य क्लब र गलेश्वर युवा क्लब विजयी भयो । साथै महिला भलिबलतर्फ जनजागृति महिला समूह विजयी बन्यो ।

ब्याडमिन्टन महिला डबलतर्फ बेलबोट आमा समूह, एकता आमा समूह विजयी र ठूली मजुवा आमा समूह विजयी भयो । ब्याडमिन्टन महिला सिङ्गलमा मितेरी आमा समूह, स्यानीपाटन महिला समूह र आदर्श आमा समूह विजयी भयो ।

Previous Post

पोखरा महोत्सवमा लोकनृत्यः सेन्टमेरिज स्कुल सेमिफाइनलमा

Next Post

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Next Post

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन