पर्वत । पर्वतको कुश्मा बजारमा बुधबार साँझ आगलागी भएको छ ।
कुश्मा नगरपालिका वडा नं ४ डम्डारे खोलास्थित कपास उद्योगमा आगलागी भएको हो ।
पुराना कपडाबाट सिरक डसना बनाउने कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बागलुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयाेगमा करिब तीन घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिइएको बताइएको छ ।
आगलागी हुनुको कारण र क्षतिको विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






