• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको न्यू ग्यालेक्सी स्कुलमा शिक्षाविद् कायस्थको शालिक निर्माण

नीतिप्रेस by नीतिप्रेस
January 16, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खरा । शिक्षाविद् डा. राधेश्याम कायस्थको शालिक निर्माण गरिएको छ ।

तत्कालीन पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा न्यू ग्यालेक्सी माविका संस्थापक प्रिन्सिपलसमेत रहेका कायस्थको विद्यालय परिसरमा शालिक निर्माण गरिएको हो । कायस्थको स्मरणमा विद्यालय परिसरमा शालिक निर्माण गरिएको हो ।

विस १९९९ कात्तिक ३ गते पाेखराकाे पचभैयामा जन्मिएका कायस्थको २०७७ पुस २७ गते स्वर्गारोहण भएको थियो । करिब १० लाखको लागतमा शालिक निर्माण गरिएको विद्यालयका संस्थापक निर्देशक राजु कायस्थले जानकारी दिए । लामो समय शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका कायस्थलाई शालिक अनावरणमा सबैले स्मरण गरे ।

शिक्षाविद् जर्ज जोनले एक कार्यक्रमका बीच डा. कायस्थको शालिक अनावरण गरे । साे अवसरमा शिक्षाविद् जर्ज जोनले कायस्थलाई शिक्षाको नक्षत्रको रुपमा स्मरण गरे ।

‘उहाँसँग मलाई करिब ६४ वर्षसम्म काम गर्ने अवसर मिल्यो, उहाँको शिक्षाप्रतिको लगावले मलाई निकै नै प्रभावित पाथ्र्यो’, शिक्षाविद् जोनले भने, ‘उहाँलाई समकक्षीले मात्रै होइन विद्यार्थीले पनि औधि रुचाउथे ।’ कायस्थले देखाएको बाटोलाई हामीले अवलम्वन गर्न सकेमात्र उहाँप्रति सच्च श्रद्धाञ्जली हुने उनको भनाइ थियो ।

समकक्षी प्राडा उत्तमकृष्ण कर्मचार्यले कायस्थको योगदानलाई नेपालमा मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरिनुपर्नेमा जोड दिए ।

‘हामीसँगै त्रिचन्द्र कलेजमा पढ्ने अवसर जुरेको थियो, उहाँको संगत मलाई अहिले पनि प्रेरणा बनेको छ’, कर्मचार्यले भने, ‘उहाँको योगदनका विषयमा हामी सबैले आआफ्नो तर्फबाट चर्चा गरी नयाँ पुस्तालाई सिकाइको विषय बनाउनु पर्दछ ।’

हिसानका केन्द्रीय उपाध्यक्ष तथा कायस्थका विद्यार्थी बाबुराम पन्तले नेपाल सरकारले नसकेका काम प्राइभेट सेक्टरले परिपूरकका रुपमा रहेर आम नागरिकलाई सेवा दिनुपर्छ भन्ने उहाँको भनाइ अहिले आएर पुष्टि भएको उल्लेख गरे ।

एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले कायस्थ शैक्षिक क्षेत्रको धरोहरको रुपमा रहेको उल्लेख गरे ।

कायस्थ सर पुस्तकका लेखक रवीन्द्र माकाजूले कायस्थका तर्कसंगत र विज्ञानसम्मत प्रवचनले आधुनिक वैज्ञानिक पण्डित भन्ने गरेको बताए ।

कार्यक्रममा पोखरा-३ का वडाध्यक्ष प्रकाशमान उदास, डा. वसन्तकुमार ताम्राकार, पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक मीनराज लम्साल, शिवशक्ति क्याम्पस सञ्चालक समिति अध्यक्ष टुवराज बास्तोलालगायतले बोलेका थिए ।

कार्यक्रममा डा. राधेश्याम कायस्थकी नातिनी आरोही कायस्थले कविता वाचन गरेकी थिइन् ।

न्यू ग्यालेक्सी माविकी संस्थापक लक्ष्मीमाया कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य डा. रामजी शर्माले स्वागत तथा विद्यालयका सहायक प्राचार्य राजेश भण्डारी र विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Previous Post

अग्रज पत्रकार प्राडा बलराम उपाध्याय रेग्मीलाई मातृशोक

Next Post

आज पनि बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज पनि बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन