• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज सूर्यदेवको प्रिय दिन, अमृत र काल बेला परेको छ तपाईंको राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
January 19, 2025
in धर्म/संस्कृति, समाचार
0
फाइल तस्बिर

फाइल तस्बिर

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ माघ ६ गते आइतबार, इस्वीसंवत जनवरी १९ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको षष्ठी तिथि अहोरात्र रहनेछ । नक्षत्रमा उत्तराफाल्गुनी दिनमा ५ः३५ बजेसम्म त्यसपछि हस्ता नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा अतिगण्ड ४८ घटि २४ पलासम्म त्यसपछि सुकर्म लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा कन्या राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि २८ पला अर्थात १० घण्टा ३९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५७ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः३३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १०ः३६ बजे र अस्ताउने समय भोलि बिहान १०ः०८ बजे रहेको छ ।

आजको राशिफल 

मेष : आज समय शुभ छ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीसमेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ ।

वृष : आज समय खराब छ । भैपरी आउने खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्‍याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ ।

मिथुन : आज समय शुभ छैन । काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप र जिम्मेवारी बढ्ने देखिन्छ ।

कर्कट : आज समय शुभ छ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रु किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

सिंह : आज समय राम्रो छैन । परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ । सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा पनि कमजोरी अनुभूति हुनेछ । समस्यामा अल्मलिनु पर्दा शुभचिन्तकले साथ छोड्न सक्ने ज्याेतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ

कन्या : आज समय निकै राम्रो रहनेछ । व्यापार, साँझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ । दाम कमाउने बेला छ । राम्रो समयको उपयोग गर्नुहोला ।

तुला : आज समय राम्रो छैन । शत्रुस्थानको चन्द्रमाले जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्‍याउँदा दुःख पाइनेछ । समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । बेसुरमा दिएको वचनले पनि अप्ठ्यारोमा पार्न सक्छ । समग्रमा समय खराब छ, सर्तक हुनुहोला ।

वृश्चिक : आज समय राम्रो छ । पेशा-व्यवसायमा राम्रै फाइदा हुनेछ । यसअघि रोकिएका काम आजदेखि सुचारु हुने देखिन्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीले साथ दिनाले चिताएका काम बन्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

धनु : आज समय मध्यम खालको रहनेछ । स्थायीभन्दा अस्थायी पेशाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ । भएको आम्दानी र सञ्चित रकमसमेत खर्चनुपर्ने अवस्था आउन सक्छ । लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ ।

मकर : आज समय भरपर्दो रहनेछैन । अनावश्यक कामका पछि दौडनुपर्नेछ । सामान्य काममा पनि ठूलै रकम खर्चनुपर्ने देखिन्छ । आजको यात्रा खर्चिलो बन्नेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । हड्बडीले घर व्यवहारमा समस्या निम्त्याउनेछ ।

कुम्भ : आज समय राम्रो छैन । श्रमको उचित मूल्यांकन भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग हुनुपर्ने देखिन्छ । आँटेको काममा अरूको मुख ताकेर नबस्नुहोला ।

मीन : आज समय र स्वास्थ्य राम्रो रहनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ ।

साहित (यात्रा): सूर्य मकर राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले आज पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५५ बजेदेखि ८ः१५ बजेसम्म उद्धेग बेला
बिहान ८ः१५ बजेदेखि ९ः३४ बजेसम्म चर बेला
बिहान ९ः३४ बजेदेखि १०ः५४ बजेसम्म लाभ बेला
बिहान १०ः५४ बजेदेखि १२ः१२ बजेसम्म अमृत बेला
दिनमा १२ः१२ बजेदेखि १ः३४ बजेसम्म काल बेला
दिनमा १ः३४ बजेदेखि २ः५३ बजेसम्म शुभ बेला
दिनमा २ः५३ बजेदेखि ४ः१३ बजेसम्म रोग बेला
दिनमा ४ः१३ बजेदेखि ५ः३३ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः३३ बजेदेखि ७ः१३ बजेसम्म चर बेला
साँझ ७ः१३ बजेदेखि ८ः५३ बजेसम्म लाभ बेला
राति ८ः५३ बजेदेखि १०ः३४ बजेसम्म अमृत बेला
राति १०ः३४ बजेदेखि १२ः१४ बजेसम्म काल बेला
राति १२ः१४ बजेदेखि १ः५४ बजेसम्म शुभ बेला
राति १ः५४ बजेदेखि ३ः३४ बजेसम्म रोग बेला
रातिमा ३ः३४ बजेदेखि ०५ः१४ बजेसम्म उद्धेग बेला
रातिमा ०५ः१४ बजेदेखि ६ः५५ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ

Next Post

पोखरामा आजदेखि दाइँ महोत्सव

Next Post
फाइल तस्बिर

पोखरामा आजदेखि दाइँ महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन