पोखरा । प्रथम खो खो विश्वकपमा नेपालको दुवै टोली उपविजेतामै सीमित भएको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४-३६ अन्तरले पराजित भएको हो ।
यस्तै आइतबार नै भएको महिलातर्फको फाइनल खेलमा पनि नेपाल उपविजेता बन्यो । नेपाल भारतसँग ७८-४० अङ्कले पराजित भएको हो ।







