पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार गाउँमा भएको नागीधार महोत्सव सकिएको छ । माघ ४ देखि सुरु भएको महोत्सव सोमबार सकिएको हो ।
महोत्सवमा सहयोग गर्ने सबैलाई संयुक्त ले धन्यावाद व्यक्त गरे । ‘स्थानीय स्तरबाट गाउँमा गरिएको यो महोत्सव सोचेभन्दा बढी सफल भएको महासूस आयोजकले गरेको छ’, मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङले भने ।
महोत्सवमा भएको खुला सेभेन ए साइड पुरुष फुटबल उपाधि पाखुरीकोट एफसी ह्वाइटले जित्यो । विजेताले नगद ६० हजार र उपविजेता पाखुरीकोट एफसी विल्युले ३० हजार रुपैयाँ नगद पुरस्कार गर्यो ।
यसअघि दुवै टिमले नागीधार एफसी ए र नागीधार एफसी वि लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगितामा कास्की र लमजुङबाट २८ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रममा मादी-८ का वडाध्यक्ष प्रेमबहादुर गुरुङ, पाखरीकोटका समाजसेवी चन्द्रबहादुर गुरुङले बोलेका थिए ।
नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवर्द्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो।






