• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

तेत्तिसौँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवको तयारी पूरा

नीतिप्रेस by नीतिप्रेस
January 21, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने ३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव माघ १० गतेदेखि सुरु हुने भएको छ ।

महोत्सवको सबै तयारी पूरा भएको बताइएको छ । यस पटकको महोत्सवमा १२औँ क्यान इन्फोटेक-२०२५ तथा चौथो मोवाइल एक्सपो-२०२५ पनि समावेश गरिनेछ ।

संघका अध्यक्ष तथा महोत्सव कार्यसम्पादन समिति संयोजक गोकर्ण कार्कीले यसपटकको महोत्सवलाई पृथक र चलायमान अर्थतन्त्रको आधारशीला बनाउने लक्ष्य राखिएको बताए । उनका अनुसार मेलाले राष्ट्रियस्तरका औद्योगिक उत्पादन, सूचना प्रविधि र हस्तकलाका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्य छ ।

कार्कीले मेला र महोत्सवले आर्थिक गतिविधि बढाउने, रोजगार सिर्जना गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने उल्लेख गरे । उनले यस पटकको मेलामा नेपालका सातै प्रदेशका मौलिक उत्पादन, संस्कृति र रैथाने परिकारलाई समावेश गरी निजी क्षेत्रबीच सहकार्यका नयाँ सम्भावना खोज्ने प्रयास गरिने बताए ।

महोत्सवमा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कार, कृत्रिम बुद्धिमत्ता (एआई), उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे जानकारी गराइनेछ ।

चौथो मोबाइल एक्स्पोअन्तर्गत ५० प्रतिशतसम्म छुटमा मोवाइल खरिद, एक्सचेञ्ज अफर, किस्तामा खरिद सुविधा र हरेक दिन पाँच वटा डोरप्राइज उपलब्ध गराइनेछ ।

मेलामा औद्योगिक उत्पादन, कृषि जन्य वस्तु, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्द्धनका साथै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष कार्यक्रम आयोजना गरिनेछन् । मेलामा देशका अन्य प्रदेशबाट असल अभ्यासलाई समावेश गरी गण्डकी प्रदेशमा लगानी आकर्षित गर्ने उद्देश्य छ ।

मेलामा सहभागी हुनेलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । ज्येष्ठ नागरिक, अपांता भएका व्यक्ति, राष्ट्रसेवक सुरक्षाकर्मी र विद्यार्थीका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघले जनाको छ ।

अध्यक्ष कार्कीले मेलालाई भव्य र सभ्य बनाउन सबैको साथ आवश्यक रहेको बताए । उनले मेलाले औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

संघकी महासचिव शोभा गौतमले यस पटकको महोत्सवलाई आर्थिक गतिविधि र नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताइन् ।

Previous Post

गण्डकीका स्वास्थ्य सचिव शर्माको सरुवा, बगालेको पदस्थापन

Next Post

पोखरा युनाइटेड एकेडेमीले ‘फुड फेस्टिभल एण्ड कन्सर्ट-२०८१’ आयोजना गर्ने

Next Post

पोखरा युनाइटेड एकेडेमीले ‘फुड फेस्टिभल एण्ड कन्सर्ट-२०८१’ आयोजना गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन