चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं ५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारी छन् ।
भण्डारीलाई यही माघ ३ गते माडी नगरपालिका वडा नं १ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।
गैँडा आक्रमणबाट गम्भीर घाइते उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।






