पोखरा । झाँक्री भनेर चिनिएका प्रकाश भुजेल दुई लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार रिहा भएका छन् ।
सवारी ज्यान मुद्दामा थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतले बदर गर्दै उच्चले धरौटीमा रिहा गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीराज श्रेष्ठकाे इजलासले काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरेकाे हाे ।
काठमाडौँको शंखरापुरमा कार्तिक २८ मा भुजेलले चलाएको जीपले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ बस्ने नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटीले ज्यान गुमाएका थिए ।






