• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज दुई पटक काल बेला परेको छ, शनिदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
January 25, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

आजको पञ्चाङ्ग मिति २०८१ माघ १२ गते शनिबार, इस्वीसंवत जनवरी २५ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको एकादशी तिथि साँझमा ६ः३६ बजेसम्म त्यसपछि द्धादशी तिथि लाग्नेछ । नक्षत्रमा ज्येष्ठाअहोरात्र रहनेछ । विष्कुम्भादि योगमा ध्रुव ५२ घटि १५ पलासम्म त्यसपछि व्याघात लाग्नेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमामुशल रहनेछ । सूर्य मकर राशिमा, चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ ।

आज दिनमान २६ घटि ४५ पला अर्थात १० घण्टा ४५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५६ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः३८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ३ः१२ बजे र अस्ताउने समय भोलि दिनमा १ः२८बजे रहेको छ । आजषट्तिला एकादशी व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : मेष : आज समय खराब रहनेछ । अवसरका लागि दौडधूप गर्नुपर्ला । तत्कालका लागि लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । कामको चाप बढ्ने छ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहने छ । परिस्थितिले अप्ठ्यारा चुनौतीसँग सम्झौता गराउन सक्छ ।

वृष : आज समय अत्यन्तै शुभ छ । व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिने छ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । आज उत्तरतर्फको यात्रासमेत फलदायी हुनेछ ।

मिथुन : आज समय राम्रो छैन । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनु पर्नेछ । अनावश्यक साइनो गाँस्नेसँग सावधान रहनुहोला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । आज सकभर टाढाको त्यसमाथि पनि पूर्वतर्फको यात्रा नगर्नुहोला ।

कर्कट : आज पनि स्वास्थ्य राम्रो रहनेछ । सामाजिक कार्यमा मन जानेछ, गृह सुखका साथै कला साहित्यमा अभिरुचि रहने देखिन्छ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानै प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ, धार्मिक यात्रा गर्ने इच्छा जागेर आउने छ । सन्ताको प्रगतिले परिवारमा खुशीयाली छाउने छ ।

सिंह : आज समय राम्रो रहने छैन । शत्रु पक्ष सबल रहनेछ, कार्य अवरोधका साथै बोलीमा पनि विकार रहन सक्नेछ । तपाइँलाई पेटसम्बन्धी समस्या आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जना हुने ग्रह योग रहेकाले सतर्क रहन आवश्यक छ ।

कन्या : आज आज समय शुभ छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । धार्मिक यात्रा सफल हुनेछ । स्वास्थ्यले पनि साथ दिनेछ ।

तुला : आज समय ज्यादा खराब छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका अरूले फुत्काउन सक्छन् । बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ने देखिन्छ । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्नेछ । आज आर्थिक कारोबारले पनि समस्या निम्त्याउने ग्रहगोचर देखिन्छ ।

वृश्चिक : आज समय महत्वपूर्ण छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिने छ । शत्रु किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् ।

धनु : आज आज समय भरपर्दो छैन । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्नेछ । दैनिक कार्यमा समय दिन नसक्दा काम बिग्रन सक्छ । व्यापारमा लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । झुटा आरोप लगाउनेहरू सक्रिय हुनेछन् ।

मकर : आज समय मध्यम खालको छ । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि भने केही समय लाग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः झुक्ने छन् । यात्रामा निकै सतर्क हुनुहोला । तपाइँको हातबाट कारोबार नगर्नुहोला ।

कुम्भ : आज दिन तथा समय राम्रा छन् । दिन प्रेमिल रहने छ, आय बढ्नुका साथै मित्र लाभका योग पनि देखिन्छन् । इमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने भने मन पनि प्रशन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पतिको प्रयोगमार्फत मनग्य आम्दानी गर्न सकिनेछ । आज सुरु गरेका कामले राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मीन : आज समय खराब नै रहनेछन् । व्ययभार बढ्नेछ, आफन्तमा असमझ्दारी रहनुका साथै प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । आफन्त, साथीभाई तथा कुटुम्बसंँग मनमुटाव बढ्ने देखिन्छ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ, ध्यान दिनुहोला । आज खानेकुरामा पनि विशेष ध्यान दिनुहोला ।

साहित (यात्रा): सूर्य मकर राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले आज उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण रपूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५५ बजेदेखि ८ः१५ बजेसम्म काल बेला
बिहान ८ः१५ बजेदेखि ९ः३४ बजेसम्म शुभ बेला
बिहान ९ः३४ बजेदेखि १०ः५४ बजेसम्मरोग बेला
बिहान १०ः५४ बजेदेखि १२ः१२ बजेसम्म उद्धेग बेला
दिनमा १२ः१२ बजेदेखि १ः३४ बजेसम्म चर बेला
दिनमा १ः३४ बजेदेखि २ः५३ बजेसम्म लाभ बेला
दिनमा २ः५३ बजेदेखि ४ः१३ बजेसम्म अमृत बेला
दिनमा ४ः१३ बजेदेखि ५ः३३ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः३३ बजेदेखि ७ः१३ बजेसम्म शुभ बेला
साँझ७ः१३ बजेदेखि ८ः५३ बजेसम्म रोग बेला
राति ८ः५३ बजेदेखि १०ः३४ बजेसम्मउद्धेग बेला
राति १०ः३४ बजेदेखि १२ः१४ बजेसम्म चर बेला
राति १२ः१४ बजेदेखि १ः५४ बजेसम्म लाभ बेला
राति १ः५४ बजेदेखि ३ः३४ बजेसम्म अमृत बेला
रातिमा ३ः३४ बजेदेखि ०५ः१४ बजेसम्म काल बेला
रातिमा ०५ः१४ बजेदेखि ६ः५५ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
 

राहुकाल समय : बिहानमा ९ः०० देखि दिनमा १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

सम्वाद नेपालका अध्यक्ष शर्मालाई तनहुँ रत्न सम्मान

Next Post

धरौटी बुझाएर प्रकाश भुजेल रिहा

Next Post

धरौटी बुझाएर प्रकाश भुजेल रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन