पोखरा । सम्वाद नेपालका अध्यक्ष, पोखराका प्रतिष्ठित सामाजिक एवं बौद्धिक व्यक्तित्व नीलकण्ठ शर्मालाई “तनहुँ रत्न सम्मान” प्रदान गरिने भएको छ ।
तनहुँ सम्पर्क समाज पोखराले आठौँ साधारणसभा तथा अधिवेशनको अवसरमा शर्मालाई “तनहुँ रत्न सम्मान” प्रदान गर्ने भएको हो ।
शर्मा समाजका समाजका आजीवन सदस्यसमेत हुन् । शर्माले सामाजिक क्षेत्रमा अमूल्य योगदान पुर्याएको भन्दै सम्मान प्रदान गर्न लागिएको समाजका अध्यक्ष भरत केसीले जानकारी दिए ।
समाजका महासचिव यामबहादुर सुर्खालीका अनुसार सम्मान अर्पण समारोह आज बिहान ११ः३० बजे पोखरा पार्टी प्यालेस महेन्द्रपुलमा हुनेछ ।
समाजले हरेक वर्ष विशिष्ट व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको उनले बताए ।
समाजको आजको अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले महत्वका साथ हेरिएको छ । तनहुँ समाजलाई पोखराको उत्कृष्ट संस्थाको रुपमा लिने गरिन्छ ।






