पोखरा । पोखरा महानगरपालिकाले किसानलाई विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको छ । महानगरले ५० प्रतिशत अनुदानमा किसानलाई विरुवा वितरण गरेको हो ।
महानगरपालिकाले हिउँदे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत सार्वजनिक सूचना आह्वान गरी निवेदनका आधारमा बिरुवा वितरण गरेको कृषि महाशाखा प्रमुख मनोहर कडरियारले जानकारी दिए ।
सूचना अनुसार बिरुवाको माग अत्यधिक भए पनि उपलब्धताका आधारमा किसानलाई वितरण गरिएको हो ।
करिब तीन सय कृषकलाई फलफूलका बिरुवा वितरण गरिएको बताइएको छ ।
एक हजार दुई सय किबी, छ सय लप्सी, पाँच सय नासपति, चार सय आरु, दुई सय आरुबखडा, एक सय हलुवावेदका बिरुवा वितरण गरिएको महानगले जनाएको छ ।






