• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रवि लामिछानेको दावी-धरौटी माग गर्ने जिल्लाको आदेश नै त्रुटिपूर्ण छ

नीतिप्रेस by नीतिप्रेस
January 27, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति, समाचार
0
फाइल तस्बिर

फाइल तस्बिर

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले धरौटी माग गर्ने जिल्लाको आदेश नै त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । साथै उनले जिल्ला अदालतका न्यायाधीशले धरौटी माग गर्ने आधार र प्रमाण नै बेरितको रहेको उल्लेख गर्दै बदर गर्न माग गरे ।

उनले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी माग्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

आइतबार सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएर सिधै पोखरा आएका लामिछानेले आज कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका हुन् । निवेदनमार्फत उनले सामान्य तारेखमा मुद्दाको पुर्पक्ष गराउन माग गरेका छन् ।

उनको निवेदनमा भनिएको छ, ‘सहकारीबाट ऋण लिन आफू उपस्थित नभएको, आवेदन नगरेको, आफ्नो खातामा जम्मा नगरेको र कुनै प्रकारको संलग्नता नरहेको पुष्टि हुँदा आफूउपरको अभियोग खण्डित भएको छ ।’

उनले निवेदनमा थपेका छन्, ‘अभियोजन पक्षले संकलन गरेको प्रमाणमा नै म उपरको अभियोग स्थापित नभएको अवस्थामा मबाट सोही ऋण रकम लिएको कायम गरी दायर भएको झुट्टा अभियोगलाई आधार बनाएर मसँग अधिक ठूलो राशी धरौटी माग गर्ने गरी भएको आदेश बेरितको हुँदा सो आदेश बदर भागी छ, बदर गरी पाऊँ ।’

उनले विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १२ वर्णित व्यवस्थाको आधारमा कम्पनीको हितमा असल नियतले गर्नुपर्ने कम्पनी कानुनको सिद्दान्त र प्रावधानले निर्दिष्ट गरेको कर्तव्य र दायित्वभित्रको काममात्र गरेको दाबीसमेत गरे । चेकमा हस्ताक्षर गर्ने कार्य फौजदारी कसुरको दायराभित्र पर्न सक्छ भन्ने अनुमान गर्न नमिल्ने हुँदा सुरु आदेश त्रुटीपूर्ण रहेको उनको जिकिर छ ।

गोर्खा मिडियाको खातामा जम्मा हुन आउने रकम जीबी राईले जम्मा गरेको भन्ने पुष्टि गोर्खा मिडिया नेटवर्कको लेखा परीक्षणबाट भएको उनको दाबी छ ।

लामिछानेलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा करिब २८ करोड रुपैयाँ बिगो माग दाबी गर्दै अभियोजन दर्ता भएकोमा पुस २५ मा जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटी मागेको थियो । लामिछानेले उक्त रकम बुझाएर रिहा भएका थिए ।

अदालतले रविसहित पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, लीला पछाईँसँग ३७ लाख, व्यवसायी रामबहादुर खनालसँग १५ लाख, पूर्वकोषाध्यक्ष आरती गुरुङ र संस्थापक उपाध्यक्ष तथा पूर्वसांसद मीना गुरुङ पाँच/ पाँच लाख, संस्थापक सदस्य कृष्णबहादुर गुरुङसँग एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

लामिछाने कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका हुन् । उनलाई कात्तिक ३ गते कास्कीमा ल्याएर ४ गते कासकी जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुल ६३ जनाविरुद्ध एक करोड ५१ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।

लामिछानेले यसअघि काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी रकम बुझाएर रिहा भएका थिए । सहकारी ठगीमा उनीबिरुद्ध पर्सा र चितवन जिल्ला अदालतमा पनि मुद्दा अघि बढेको छ ।

सोमबार उच्च अदालत परिसरमा लामिछानेले आफूले बोल्ने बेला नआएको भन्दै उनले जनताले जे भनेका छन् त्यो कुरा नै आफ्नो भएको बताए । उनले अहिले आफूले भन्नुपर्ने कुरा केही नभएको भन्दै समय आएपछि नबोल भने पनि आफूले सबै कुरा बोल्ने बताए ।

Previous Post

सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज

Next Post

पोखराको साइमन पार्टी प्यालेसबाट १५ लाख रुपैयाँ चोरी, ईश्वर र पूजा पक्राउ

Next Post

पोखराको साइमन पार्टी प्यालेसबाट १५ लाख रुपैयाँ चोरी, ईश्वर र पूजा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन