पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । जसको प्रभावले गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहानैदेखि मौसम सफा छ भने आइतबार र सोमबारको तुलनामा आज तापक्रम घटेको छ ।
सोमबार साेमबार बिहान करिब ८ः३० बजे पोखराको तपक्रम ११ डिग्री सेल्सियस थियो । आज बिहान करिब ८ बजेको पोखराको तापक्रम ९ डिग्री सेल्सियस छ ।
आज पोखराको अधिकतम् १९ र न्यूनतम् तापक्रम ७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । आज पोखराको सापेक्षित आद्रता ८० प्रतिशत रहेको छ ।
आज देशको तराईका धेरै भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ । बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।






