• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा युनाइटेड एकेडेमीको फुड फेस्टिभल एण्ड कन्सर्ट सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
January 28, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले मंगलबार पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट-२०८१’ आयोजना गर्‍याे । विद्यालयले कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित फुड फेस्टिभल आयोजना गरेको हो ।

फुड फेस्टिभलमा विद्यार्थीले १५ प्रकारका अर्ग्यानिक खानाका परिकार प्रस्तुत गरेका थिए भने अतिथि, विद्यालयका अभिभावकलगायतले निकै चासोपूर्वक अवलोकन गर्दै खानाका स्वादमा रमाएका थिए । कार्यक्रममा करिब एक हजार पाँच सयको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

सो अवसरमा कमेडी च्याम्पियन सिजन-३ का विजेता सुनिल खड्का, उत्कृष्ट प्रतिस्पर्धी कर्मसिंह लामा, निश्चल अर्याल, सन्देश देवकोटा, प्रतीक अधिकारीलगायतको कमेडी प्रस्तुतिमा सहभागी निकै रमेका थिए ।

साथै साँझको लाइभ ब्याण्डमा युवायुवती झुमेका थिए । रिभाइवल व्याण्ड, जोजीजू म्यूजिक र विद्यालयका दीपेश पहारीले लाइभव्याण्ड प्रस्तुति राखेका थिए ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले पोखराको शैक्षिक क्षेत्रमा फरक पहिचान बनाएको विद्यालयले विद्यार्थीका लागि फुड फेस्टिभल आयोजना गरेर निकै उत्कृष्ट काम गरेको बताए । उनले यो कार्यक्रमले विद्यार्थीको सिकाइमा केही न केही परिवर्तन अवश्य ल्याउने विश्वास व्यक्त गरे ।

प्याव्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयहरुले निकै ध्यान दिनुपर्नेमा जोड दिए । उनले सरकार शिक्षा ऐन ल्याउने तयारीमा रहेकाले देश सुहाउँदिलो गुणस्तरीय शिक्षाका लागि सबैले सुझाव दिनुपर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले कार्यक्रम निकै उत्कृष्ट रहेको र यसले विद्यालयको गरिमालाई थप माथि पुर्‍याउने विश्वास व्यक्त गरे ।
अध्यक्ष भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकालेसोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।

प्राचार्य बयानबहादुर गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको रहेको बताए । उनले होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीलाई पोखराका नाम चलेका चार तारे होटलमा तालिमको व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रममा विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारीले स्वागतसहित विद्यालयको गतिविधिबारे प्र्रकाश पारेका थिए भने सञ्चालन शिक्षक फणीन्द्रराज पौडेल र शिक्षिका गीतादेवी शर्मा गरेका थिए ।

२०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय २० विद्यार्थी छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ । विद्यालयका अनुसार आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको छ ।

Previous Post

वन डढेलो नियन्त्रणमा जुट्न सामुदायिक वन उपभोक्ता महासंघको आव्हान

Next Post

आज श्रीकृष्णको प्रिय दिन, दुई पटक लाभ बेला परेको छ, तपाईंको राशिफल कस्तो होला ?

Next Post

आज श्रीकृष्णको प्रिय दिन, दुई पटक लाभ बेला परेको छ, तपाईंको राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन