• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज सूर्यदेवको प्रिय दिन, अमृत र काल बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
February 2, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग

मिति २०८१ माघ २० गते आइतबार, इस्वीसंवत फेब्रुअरी २ तारिक सन् २०२५, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको चतुर्थी तिथि दिनमा १२ः१४ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा रातिमा ४ः०३ मिनेटसम्म त्यसपछि रेवति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव १३ घटि ५३ पलासम्म त्यसपछि सिद्धि लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा स्थिर रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २७ घटि १० पला अर्थात १० घण्टा ५५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५२ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः४४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ९ः१७ बजे र अस्ताउने समय साँझ ९ः५१ बजे रहेको छ । आज विश्व सिमसार दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज पनि समय ठीक छैन । जे काम गर्न खोज्यो बाधामात्रै पर्न सक्नेछ । काम गर्ने वातावरण पनि राम्रो नमिल्ने, जता गयो काममा ढिलासुस्ती तपाईंको मन पनि अस्थिर भइरहने छ । आटेका, शुरु गरेका काम थोरै पूरा हुने, धेरै अधूरा रहने छन् । ठूलो लगानी नगर्नु नै वेस हुनेछ । आज जे काम गर्दा पनि विशेष सतर्क हुनुपर्ने देखिन्छ ।

वृष : आज पनि समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिने देखिन्छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । धार्मिक कार्यक्रमा दिन बित्नेछ।पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ, त्यसैले नयाँ व्यवसायमा लगानी आजै गर्नुहोला ।

मिथुन : आज पनि समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

कर्कट : आज पनि समय खराब छ । आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, औषधी उपचार गर्दा छिटो स्वास्थ्य सुधार नहुने, जताबाट पनि तपाईलाई समय राम्रो छैन । आज सकेसम्म पश्चिम दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ ।

सिंह : आज पनि समय शुभ छैन । सरकारी कार्यालयबाट लिने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज पश्चिम दिशाको यात्रामा गएर कुनै पनि काम बन्ने छैन ।

कन्या : आज पनि समय राम्रै छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जा“गर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज मागे पाइन्छ । तपाईंले आटेका सबै काममा राम्रो सफलता पाइने ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ ।

तुला : आज स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यबारे ढुक्क हुनुहोस् । ठूलो खराबी केही हुनेवाला छैन । तर खान पाइयो भनेर खीर धेरै नखानुहोला । गीत, संगीत, साहित्यलगायत सांस्कृतिक कार्यक्रममा जाने निम्ता पनि पाइनेछ । नया“ पुराना धेरै मित्रहरु भेट्न पनि पाइने छ । निष्कर्षमा तपाईंलाई आज सबै प्रकारले राम्रो हुन सक्ने देखिन्छ ।

वृश्चिक : आज आफन्त पर्ने व्यक्ति नै बाधा पुर्‍याउने देखिन्छ । मनमा ढुक्कपन नहुने, जे काम गर्न खोज्यो विना पैसा काम नबन्ने देखिन्छ । पेट वा शरीरको कुनै भागमा चोट लाग्ने बलियो सम्भावना छ । गाडी चलाउँदा विशेष ख्याल गर्नु होला । कडा परिश्रम नगरी नहुने भए पनि समयमा खाना खान नपाइने वा गड्बढीको सम्भावना बलियो छ ।

धनु : आज पनि समय अत्यन्तै खराब छ । साना–साना कुरामा पनि शड्ढा र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।

मकर : आज पनि स्वास्थ्य मध्यम राम्रो रहनेछ । सन्तुलित भोजन र शारीरिक व्यायाम राम्रो भएमा स्वास्थ्य ठीकठाक रहनेछ । नौलो ठाउँ, नौला व्यक्तिसँगको भेटघाटले मनमा प्रशन्नताको अनुभव हुनेछ । आवश्यक पर्ने पैसाको जोहो, मेलोमेसो जुट्नेछ । आज टाढाको यात्रा पनि सजिलै हुने देखिन्छ । मिष्ठान्न भोजनसमेत मिल्ने देखिन्छ ।

कुम्भ : आज स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

मीन : आज पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनु हुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी पूर्व दिशाको यात्राले फाइदा मिल्नेछ । समयको राम्रो उपयोग गर्न सक्नु भएमा प्रगति छिटो गर्न सकिनेछ । समय शुभ रहे तापनि घरमा चोरी हुनबाट जोगाउनु होला ।

साइत : सूर्य मकर राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले आज उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः५० बजेदेखि ८ः१२ बजेसम्म उद्धेग बेला
बिहान ८ः१२ बजेदेखि ९ः३३ बजेसम्म चर बेला
बिहान ९ः३३ बजेदेखि १०ः५५ बजेसम्म लाभ बेला
बिहान १०ः५५ बजेदेखि १२ः१७ बजेसम्म अमृत बेला
दिनमा १२ः१७ बजेदेखि १ः३९ बजेसम्म काल बेला
दिनमा १ः३९ बजेदेखि ३ः०१ बजेसम्म शुभ बेला
दिनमा ३ः०१ बजेदेखि ४ः२२ बजेसम्म रोग बेला
दिनमा ४ः२२ बजेदेखि ५ः४४ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः४४ बजेदेखि ७ः२२ बजेसम्म चर बेला
साँझ ७ः२२ बजेदेखि ९ः०० बजेसम्म लाभ बेला
राति ९ः०० बजेदेखि १०ः३९ बजेसम्म अमृत बेला
राति १०ः३९ बजेदेखि १२ः१७ बजेसम्म काल बेला
राति १२ः१७ बजेदेखि १ः५५ बजेसम्म शुभ बेला
राति १ः५५ बजेदेखि ३ः३३ बजेसम्म रोग बेला
रातिमा ३ः३३ बजेदेखि ०५ः११ बजेसम्म उद्धेग बेला
रातिमा ०५ः११ बजेदेखि ६ः४९ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

पोखरा आउँदै गरेको ग्यास बुलेट दुर्घटना, चालकको मृत्यु

Next Post

पोखराको तापक्रम बढ्दै, आजको दिन पनि घमाइलो रहने

Next Post

पोखराको तापक्रम बढ्दै, आजको दिन पनि घमाइलो रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन