पाेखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकाे प्रभावले गण्डकी, काेशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
बुलेटिनका अनुसार तराईका धेरै स्थानमा कुहिरो लाग्ने छ भने कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा तापक्रम क्रमशः बढ्दै गएको छ । शनिबार बिहान १० डिग्री सेल्सियस रहेको पोखराको तापक्रम आज १२ डिग्री सेल्सियस छ ।
आज पोखराको अधिकतम् तापक्रम २३ र न्यूनतम् तापक्रम ८ डिग्री सेल्सियस रहने अनुमान छ । आज पोखराको सापेक्षित आद्रता ५९ प्रतिशत छ । आजको दिन पनि घमाइलो रहने महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।






