पोखरा । नेपाली बजारमा चार दिनसम्म स्थिर रहेको सुनको भाउ आज ह्वात्तै बढेको छ । आज मंगलबार एकै दिन सुनको तोलामा एक हजार नौ सय रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ एक लाख ६४ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको भाउ एक लाख ६२ हजार आठ सय रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा सुनको भाउ एक लाख ६५ हजार दुई सय रुपैयाँ काय भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता आज असली चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको भाउ सोमबार एक हजार आठ सय ९५ रुपैयाँ रहेको थियो । आज पोखरा बजारमा चाँदीको भाउ एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ ।






