• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हिलप्वाइन्ट माविमा फुड फेस्टिभल, चित्रकला प्रदर्शन र पुरस्कार वितरण सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
February 10, 2025
in गण्डकी प्रदेश, शिक्षा, समाचार
0
विद्यालयले शिक्षामात्र होइन संस्कारयुक्त र व्यवहारिक शिक्षा दिन आवश्यक छ : वडाध्यक्ष बास्तोला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष वडाध्यक्ष सन्तोष बास्तोलाले विश्व उच्च स्तरीय प्रविधिमा पुगिसक्दा पनि नेपालको शिक्षा प्रणालीमा अझै प्रविधिको पहुँच पुग्न नसकेको बताएका छन् ।

पोखरा-१२ स्थित हिलप्वाइन्ट माविद्वारा वार्षिकोत्सवको अवसरमा आयोजित फुड फेस्टिभल, चित्रकला प्रदर्शन र पुरस्कार वितरण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अझै पनि विद्यार्थी र अभिभावकले शिक्षकलाई र शिक्षकले प्रणालीलाई द्वोष दिने गरिएको छ’, उनले भने, ‘यस्तो अवस्थाले नेपालको शिक्षा प्रणाली कहाँ छ भन्ने स्पष्ट हुन्छ ।’

गुणस्तरीय र संस्कारयुक्त शिक्षाका लागि पटकपटक छलफल गरिएको भन्दै उनले वडाभित्रका सबै विद्यालयमा संस्कारयुक्त शिक्षा लागू गर्ने प्रयास भइरहेको बताए । विद्यालयले शिक्षामात्र होइन संस्कारयुक्त र व्यवहारिक शिक्षा दिन आवश्यक रहेको वडाध्यक्ष बास्तोलाले बताए ।

विद्यालयका अभिभावक एवं समाजसेवी ऋषिराम लामिछानेले हिलप्वाइन्टले शैक्षिक क्षेत्रमा खेलको भूमिका निकै महत्वपूर्ण र उत्कृष्ट रहेको बताए । उनले विद्यार्थीलाई सही बाटोमा हिंडाउन विद्यालयमात्र होइन अभिभावको भूमिका पनि महत्वपूर्ण हुने स्पष्ट पारे ।

विद्यालय विद्यार्थी, शिक्षक र अभिभावकको त्रिवेणी भएको भन्दै उनले यी त्रिवेणीको सहकार्यले मात्र गुणस्तरीय शिक्षा हासिल हुने दावी गरे । बालबालिकाको क्षमता अद्भूत हुने भन्दै उनले उनीहरुका क्षमतालाई अभिभावकले राम्रोसँग बुझ्नुपर्नेमा जोड दिए ।

सहायक प्राचार्य गंगाराम पौडेलले विद्यालयको गतिविधिमाथि प्रकाश पार्दै विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक बीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कक्षा ११ र १२ मा होटल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीले विभिन्न १५ प्रकारका खानाका परिकार, फाइन आर्टमा अध्ययनरत विद्यार्थीले विभिन्न चित्रकला प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा शिक्षिका संगीता भुषाललाई वेष्ट टिचर्स अवार्ड, उत्कष्ट शिक्षकशिक्षिका केशव घिमिरे, सरस्वती कार्की र जुनी गुरुङलाई सम्मान गरिएको थियो ।

यसैगरी कक्षा १२ मा फइनआर्टमा अध्ययनरत एलिश दूतराज र जेसिस गुरुङलाई नगदसहित चियरमेन अवार्ड प्रदान तथा वार्षिक परीक्षा, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीले गीत, नृत्यलगायतका मनोरन्जनात्मक प्रस्तुति प्रस्तुत, एलकेजीका पाँच वर्षीय बालक अभियान श्रेष्ठले हनुमान चालिसा पाठ गरेका थिए ।

विद्यालय व्यवस्थान समिति अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १० की रीस्ता गुरुङले स्वागत र शिक्षिका भावना लामिछाने, जुनी गुरुङ र संगीता भुषालले सञ्चालन गरेका थिए ।

विद्यालयले केही दिन अघिमात्रै अभिभावकका लागि ‘माइ सेकेण्ड टिचर एप’ सार्वजनिक तथा दन्त शिविर आयोजना गरेको थियो ।

२०३८ सालमा स्थापित विद्यालयमा हाल आठ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टको पढाई हुँदै आएको छ ।

तस्बिर

Previous Post

मानहुँकोटमा प्रहरी जवानमाथि निर्धात कुटपिट, चार युवा पक्राउ

Next Post

सहकारी ठगीमा पूर्वडीआईजी जोशी पुर्पक्षका लागि कारागारमा

Next Post
सहकारी ठगीमा पूर्वडीआईजी जोशी पुर्पक्षका लागि कारागारमा

सहकारी ठगीमा पूर्वडीआईजी जोशी पुर्पक्षका लागि कारागारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन