• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा-२६ मा एकसय शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय बन्ने, स्वास्थ्यमन्त्रीद्वारा निरीक्षण

नीतिप्रेस by नीतिप्रेस
February 13, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, राजनीति, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पोखरा-२६ स्थित चापाचौरमा संघीय सरकारले बनाउन लागेकाे प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माणस्थल निरीक्षण गरेका छन् ।

सुविधासम्पन्न एक सय शय्याको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरी टेण्डर प्रक्रिया अघि बढाउन लागेको छ । यसका लागि चालु आर्थिक बर्षमा १० करोड रुपैयाँ विनियोजन भएको छ ।

निरीक्षणपछि मन्त्री पौडेलले भौगोलिक बनावट र वातावरणका हिसाबले निर्माणस्थल राम्रो रहेको उल्लेख गरे । चिकित्सालय निर्माणले पार्ने सकारात्मक र नकारात्मक प्रभावका बिषयमा तयार गर्ने प्रतिवेदन छुटेकोमा त्यो पनि पूरा भएको बताए ।

मन्त्री पौडेलले राष्ट्रिय योजना आयोगमा योजनाका लागि पठाउँदा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन छुट भएको पाएपछि त्यसलाई पनि टेण्डर प्रक्रियाद्वारा सेवा प्रदायक संस्था छनोट गरी तयार गरिएको बताए ।

मन्त्री पौडेलले विनियोजन भएको १० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेलगत्तै सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको बोलपत्र आब्हान गरिने उल्लेख गरे ।

पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले एक सय शय्या चिकित्सालय निर्माणका लागि स्थानीय समुदायसँग सहकार्य गरी २५ रोपनी जग्गा उपलब्ध गराइएको र थप १० रोपनी जग्गाका लागि सुनिश्चितता गरिएको बताए ।

अध्यक्ष थापाका अनुसार यसअघि २५ शय्याको चिकित्सालय निर्माण गर्ने तयारी भएकोमा प्रदेश सरकारले नै संघीय सरकारलाई एक सय शय्याको चिकित्सालय निर्माणका अनुरोधसहित जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

संघीय सरकारले सातै प्रदेशमा एक/एक वटा प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशका लागि उक्त स्थान प्रस्ताव गरिएको थियो । चिकित्सालय निर्माणका लागि ६० करोड रुपैयाँको लागत अनुमान छ ।

शिक्षाविद् रवि बरालले तीन दशक अघि सुकुम्बासीका नाउँमा अतिक्रमण हुन लागेको जग्गालाई स्थानीयले जोगाएर राखेको उल्लेख गरे । उनले चिकित्सालय निर्माण कार्य शीघ्र अघि बढाउन मन्त्री पौडेललाई आग्रह गरे ।

बरालले निर्माणस्थलको वातावरण राम्रो रहेको उल्लेख गर्दै स्थानीय समुदायसमेत सकारात्मक भएकाले चिकित्सालय निर्माणका लागि सहज भएको बताए ।

स्थानीय कुलदीप बरालले चिकित्सालय निर्माणका लागि ३५ रोपनी जग्गा व्यवस्थापन गरिएको उल्लेख गर्दै कहीँकतै अवरोध नभएकाले चाँडो प्रक्रिया अघि बढाइदिन आग्रह गरे ।

चिकित्सालयमा शिरोधारा, साउनावाथ, स्टिम वाथ, ज्याकुजी, अकुपंचर, नेचुरोप्याथिक, योगलगायतका सेवा उपलब्ध हुने गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जानकारी दिए ।

पञ्चकर्म सेवाका लागि भीआइपी डिलक्स र डिलक्स गरी पाँचवटा भिल्ला तयार गरिने समेत डा. गौतमले जानकारी दिए ।

डिलक्सपछि क्याविन र साधारण शय्या गरेर एकसय पुर्‍याइने जानकारी दिँदै डा. गौतमले आवासीय रुपमा समेत उपचार सेवा उपलब्ध गराउने गरी चिकित्सालयको डीपीआर तयार गरिएको बताए ।

विभिन्न राष्ट्रका भीआइपीले पञ्चकर्मको सेवा र जानकारी लिन आएमा उनीहरुलाई भीआईपी डिलक्स उपलब्ध गराउने गरी डिजाइन तयार गरिएको गौतमले बताए ।

Previous Post

‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा अर्थमन्त्री पौडेलले गर्ने

Next Post

माओवादी केन्द्र धादिङ-पोखरा जनसम्पर्क मञ्चको प्रथम रक्तदान, ७० युनिट रगत संकलन

Next Post

माओवादी केन्द्र धादिङ-पोखरा जनसम्पर्क मञ्चको प्रथम रक्तदान, ७० युनिट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन