• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मादीमा १६ गोरुबीचको भिडन्त निकै रोचक

नीतिप्रेस by नीतिप्रेस
February 14, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ८ सोंथर बेँसी (सुन्दर बेँसी) मा सोंथर बेँसी टारी बजार मेला शुरु भएको छ ।

मेलामा आयोजित गोरु जुधाई प्रतियोगिता निकै रोचक बन्यो । प्रतियोगितामा १६ गोरुबीच प्रतिस्पर्धा गराइएकोमा स्थानीय पदमबहादुर विकको गोरु प्रथम, भूमलाल अधिकारीको गोरु द्वितीय भयो । प्रथम हुनेले आठ र द्वितीय हुनेले छ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

मेलामा नागीधारको घाटु नाच प्रस्तुत गरिएको थियो भने खुला फाइभ ए साइड फुटबल प्रतियोगिता जारी छ । जसमा बिहीबार सात खेल सम्पन्न भएका छन् ।

मेलामा गोरु प्रदर्शन एवं किनबेच साटासाट, खसी बोका बाख्रा, मह, घ्यू, आलु, तरकारी, माछालगायत कृषि वस्तु तथा पशुको प्रदर्शन तथा किनबेच मेत भएको मेलाका सहसंयोजक नन्दलाल अधिकारीले जानकारी दिए ।

साथै मेलामा खुला पुरुष छेलो फाल्ने, खुला पुरुष तथा महिला रस्सी तान्ने खेल पनि रहेका छन् ।

यस्तै सांस्कृतिक कार्यक्रमतर्फ ३० बर्ष भन्दा माथि उमेर समूह र ३० बर्ष भन्दा कम उमेर समूहको छुट्टाछुट्टै खुला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँको आमा समूह नाँच, युवा क्लबको ठेटार नाँच, घाँटु नाँच, कृष्ण चरित्र नाँच, स्थानीय दोहोरी तथा गायक गायिकाको गायन र भजनलगायत प्रस्तुति रहेका छन् ।

शैक्षिक कार्यक्रमतर्फ कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि खुला श्रुतिलेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि सोंथर बेँसी परिसरमा कृषि पर्यटन प्रवर्द्धनको सम्भावना शीर्षकमा वक्तृत्वकला प्रतियोगिता राखिएको सोंथर बेंसी विकास समिति द्वितीय उपाध्यक्ष दीर्घमान गुरुङले जानकारी दिए । मेला आजै समापन हुँदैछ ।

Previous Post

सुनको भाउ आज पनि बढ्यो, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

भारतीय उर्जामन्त्री नेपाल आएपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण

Next Post

भारतीय उर्जामन्त्री नेपाल आएपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन