• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कस्ले जित्ला २४औं आहा रारा पोखरा गोल्डकपको उपाधि ?

नीतिप्रेस by नीतिप्रेस
February 15, 2025
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । २४औँ आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि विभागीय नेपाल पुलिस क्लब र विदेशी टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आज भिड्दैछन् । उपाधि चुम्ने दुवैको दाबी छ । दुवै टोली खेल जितेर इतिहास बनाउने उद्देश्यमा छन् ।

आहा राराको सर्वाधिक सफल टोली हो पुलिस क्लब । पुलिसले क्याराभान गोल्डकपदेखि हालसम्म छ पटक उपाधि चुमेको छ । पुलिस सातौँपटक च्याम्पियन बनेर इतिहास रच्ने दाउमा हुनेछ । पुलिसले विसं २०५८ मा क्याराभान गोल्डकप जितेको थियो । त्यसपछि विसं २०५९, २०६४, २०६५, २०६६ र विसं २०७४ मा आहा राराको उपाधि उचाल्यो ।

पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स पनि पहिलो सहभागितामा उपाधि जितेर घर फर्कन चाहन्छ । आफ्ना दुई खेल फराकिलो अन्तरले जितेकाले टोली फाइनलका लागि उत्साहित छ ।

नेपालमा पहिलोपटक फुटबल खेल्न आएको उज्वेकिस्तानी टोली शारीरिक र टेक्निकल दुवै हिसाबले उत्कृष्ट छ । यसअघिका दुई खेलमा उज्वेकिस्तानी टोलीले कुनै गोल नखाइकन सात गोल गरेको छ ।

पाहुना टोलीलाई रोक्नुपर्ने चुनौती पुलिससामु छ । पुलिसको टिमले समेत यसपटक अहिलेसम्म गोल खाएको छैन ।

फाइनलका लागि दुवै टोली एकअर्काप्रति सचेत छन् । दुवैले एकअर्काको खेललाई सम्मानसमेत गरेका छन् । फाइनल खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल रोचक हुने बताए ।

उत्कृष्ट फुटबल खेलेर फाइनल खेल रोमाञ्चक हुने उनीहरूको भनाइ छ ।

नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि खेलाडी मानसिक रूपमा तयार रहेको बताएका छन् । उनले टोली उपाधि जितेर इतिहास बनाउने बताउँछन् ।

“पुलिस टिम ऐतिहासिक छ, भोलि हामीले अर्को इतिहास कोर्न बाँकी छ, उपाधि जित्छौँ भन्नेमा मानसिक रूपमा तयार छौँ”, प्रशिक्षक घिमिरेले भने ।

विपक्षी टोलीको खेल्ने शैली र शारीरिक प्रर्दशन समेत राम्रो रहेको भन्दै प्रशिक्षक घिमिरेले जारी प्रतियोगितामा तीनवटा खेल जितेकाले खेलाडी उत्साहित रहेका बताए ।

पाहुना टोली ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले उपाधि जित्ने गरी खेल्ने बताएका छन् । फाइनल खेलमा दुवैको उत्तिकै सम्भावना रहने भन्दै उनले पुलिसको ‘टिम स्पिरिट’ र ‘फाष्ट गेम’ प्रशंसायोग्य रहेको उल्लेख गरे ।

उनले भने, “फाइनल खेलमा दुवै टिमको ५०-५० सम्भावना हुन्छ, हामी जित्नका लागि मैदानमा उत्रिने छौँ, उपाधि जितेर फर्कन चाहन्छौँ ।”

पुलिसका कप्तान राम वाजीले टोलीमा धेरै युवा खेलाडी रहेको र उपाधि जित्नका लागि शतप्रतिशत मेहनत गर्ने उल्लेख गरे ।

“पुलिस टिममा अहिले धेरै नयाँ भाइहरु रहेका छन्, पहिलाजस्तो स्टार खेलाडी छैनन्, तर हामीले मैदानमा सकेको दिनेछौँ”, उनले भने ।

प्रतियोगितामा पुलिसले प्रि-क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गरेको थियो ।

क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १-० गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनायो ।

पाहुना टोली ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० र सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबलाई ४-० को फराकिलो अन्तरले हराएको थियो ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ नगद पुरस्कारसँगै ट्रफी पुरस्कार पाउने छन् ।

Previous Post

आज दुईपटक काल बेला परेको छ, शनिदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

आज पोखरामा बादल लाग्ने, तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने

Next Post

आज पोखरामा बादल लाग्ने, तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन