पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते आइतबार सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ ।
गण्डकी प्रदेशको मन्त्रिपरिषद् कार्यालय प्रशासन शाखाले शुक्रबार एक विज्ञप्ति जारी गरी बिदा नभएको स्पष्ट पारेको हो । यसअघि फागुन ४ गते प्रदेशको स्थापना भन्दै बिदा दिइँदै आएको थियो ।
विज्ञप्तिमा प्रदेश सरकार स्थापना दिवस माघ २२ गत मनाइसकिएको जनाउँदै फागुन ४ गते सार्वजनिक बिदा नभएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस वर्षदेखि गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा मिति २०८१ साल माघ २२ गते सार्वजनिक बिदा दिइएको हुँदा मिति २०८१ साल फागुन ४ गते सार्वजनिक बिदा नरहेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यस्तो छ विज्ञप्ति





