• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य आइसीयूमा भर्ना

नीतिप्रेस by नीतिप्रेस
February 15, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको काठमाडौस्थित कीर्तिपुर अस्पतालमा सघन उपचार कक्ष (आइसीयू) मा भर्ना गरी उपचार शुरु गरिएको छ ।

अस्पतालका निर्देशक डा किरण किशोर नकर्मीद्वारा जारी सूचना अनुसार पौडेल र आचार्यको शरीर ५, ६ प्रतिशत चलेको, अनुहार जलेका कारण स्वासनली र फोक्सोमा समेत असर परेको हुन सक्ने भएकाले उच्च निगरानीमा राखेर उपचार शुरु गरिएको हो ।

उनीहरुको उपचारमा प्राडा डीबी झा, डा. प्रवीण गिरीसहितको टोली, प्राडा शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादल लगायतको जलन विशेषज्ञहरुको टोली, डा. प्रयुश अर्याललगायतका आकस्मिक टोली तथा रीना गौचन, निर्मला कुँवर, तृष्णा महर्जनलगायतको नर्सिङ टोली खटिएका छन् ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा बेलुन फुटेर आगो लाग्दा मेयर आचार्य र अर्थमन्त्री पौडेल घाइते भएका थिए । लागोले जलेर घाइते भएका मेयर आचार्य र अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

घटनालगत्तै मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज पु¥याइएको थियो । दुवैको दुवै अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको हो ।

त्यसपछि उनीहरुलाई सिम्रिक एयरलाइन्सको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । उनीहरुको उपचार काठमाडौँ कीर्तिपुरस्थित वर्न अस्पतालमा हुनेछ । आगोले मेयर आचार्यको देब्रेतर्फको गाला पूरै जलेको छ । उनको कपालसमेत डढेको छ ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा अचानक आगो लागेको थियो । बेलेनमा आगोको आगोको लप्को मेयर आचार्यको अनुहारतर्फ गएको थियो ।

हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्कासँग ठोकिन पुगेपछि दुर्घटना भएको हो । आगोको हुर्को झ्याप्पै अनुहार तिर आएपछि मन्त्री पौडेल मञ्चतिर र मेयर आचार्य मञ्चको तलतिर हामफालेका थिए ।

आगोको झिल्कोले टिप्दा बेलुन ठूलो आवाजसहित पड्किएको थियो । सोक्रममा अर्थमन्त्री पौडेल सामान्य घाइते भएका छन् । आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष घोषणा गरिएको हो ।

Previous Post

गण्डकी प्रदेशमा फागुन ४ मा सार्वजनिक बिदा छैन

Next Post

स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा शिव थापा निर्वाचित

Next Post

स्याङ्जाली सम्पर्क सदन पोखराको अध्यक्षमा शिव थापा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन