• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीको सिधिङमा गायिका समीक्षा अधिकारी सम्मानित

नीतिप्रेस by नीतिप्रेस
February 16, 2025
in कला-साहित्य, खेलकुद समाचार, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिधिङमा चर्चित गायिका समीक्षा अधिकारीलाई सम्मान गरिएको छ । सिधिङ युनाइटेड युथ क्लबद्वारा आयोजित साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा अधिकारीलाई सम्मान गरिएको हो ।

नेपाली गीत सङ्गीतको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा आफ्नो अलगै पहिचान बनाउन सफल भएकामा उनलाइ सम्मान गरिएको बताइएको छ । गायिका अधिकारी माछापुच्छ्रे गाउँपालिका वडा नं ९ मा जन्मिएकी हुन् । प्रतियोगितामा गायिका अधिकारीले आफ्नो प्रस्तुतिसमेत राखेकी थिइन् ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)का अनुसार गायिका अधिकारी सानै उमेरमा छोटो समयमा कलाकारिता क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएकी एक अब्बल, निडर र साहसी कलाकार हुन् ।

उनले भने, ‘उनी जहाँजहाँ पुग्छिन् त्यो ठाउँमा समग्र माछापुच्छ्रे गाउँपालिकाको प्रतिनिधित्व भएको हामीले महसुस गरेका छौँ, माछापुच्छ्रे गाउँपालिकाको मात्रै नभएर अहिले समीक्षाको प्रस्तुतिले सिँगो देशकै कलाकारिता क्षेत्रको स्थान उच्च भएको छ ।’

उनले थपे, ‘कलाकार देशका गहना हुन्, राष्ट्रलाई देश तथा विदेशमा चिनाउन कलाकारले अहम् भूमिका खेलेको हुन्छ, राष्ट्रले कलाकारको महत्व बुझ्न सकेको छैन, जसका कारण अधिकांश कलाकार विदेशिन बाध्य छन् ।’

गायिका अधिकारीले गायनको शिलशिलामा आफू जहाँ भए पनि, जहाँ गए पनि आफ्नो जन्मभूमिको माया आफूलाई सधैँ रहिरहने बताइन् ।

सिधिङ क्षेत्रमा शनिबार दिनभरको वर्षाको बीच पनि पाँच सेट भलिबल खेल र समीक्षाको प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिएको क्लब अध्यक्ष शुकबहादुर तामाङले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद ८५ हजार, द्वितीयले ५० हजार र तृतीयले ३० हजार र सान्त्वना हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने खेल संयोजक याम क्षेत्री जानकारी दिए ।

यस्तै भेट्रान्स भलिबलतर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक क्षेत्रले बताए । प्रतियोगिता समापन सोमबार हुनेछ ।

Previous Post

रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

Next Post

गीताञ्जली साहित्य परिवारको २६६औँ साधना प्रभात

Next Post

गीताञ्जली साहित्य परिवारको २६६औँ साधना प्रभात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन